सङ्घीय निजामती सेवा ऐन अगाडि बढिसक्योः मन्त्री मोदी

संघीय निजामती सेवा ऐनको प्रक्रिया अघि बढिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएका छन् ।

Advertisement 1

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै ऐनको प्रक्रिया अघि बढेको बताए ।

उनले यही संसद्को जारी अधिवेशनमा नै ऐन टेबुल गर्ने तयारी रहेको बताए । उनले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिन समेत कर्मचारीहरूलाई निर्देशन दिएका छन् । उनले आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताए । जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेपछि मात्रै राजनीतिमा लाग्न उनले कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित :२०७९ चैत्र १५, बुधबार ०७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry