सिडियोसहित २२ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी २२ कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । गृहले प्रमुख जिल्ला अधिकारीसहित ९ जना उपसचिव,जगेडामा रहेका सहसचिवहरुको पदस्थापन गरेको हो ।
Advertisement 1
सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवलाई हटाएर सहसचिवलाई नै खटाइएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।


Advertisement 2
									
										प्रकाशित  :२०७९ चैत्र ११, शनिबार ०६:५१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

