सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
लोकसेवाले गत पुस २५ र २६ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण वन, जनरल फरेष्ट्री, शिक्षा, शिक्षा प्रशासन, स्वास्थ्य, मेडिसिन, नेफ्रोलोजी, स्वास्थ्य, मेडिसिन, कार्डियोलोजी, वास्थ्य, मेडिसिन, ग्यास्ट्रोइन्टेरोलोजीको नतिजा प्रकाशित गरेको हो ।

Advertisement 1

जसअनुसार वन, जनरल फरेष्ट्री सेवातर्फ तीन जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या २० जना रहेका छन् । शक्षा, शिक्षा प्रशासन सेवातर्फ तीन जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या २२ जना रहेका छन् । स्वास्थ्य, मेडिसिन, नेफ्रोलोजी सेवातर्फ कोहि पनि छनोट भएका छैनन् । स्वास्थ्य, मेडिसिन, ट्रपिकल मेडिसिन सेवातर्फ एक जना छनोट भएका छन् । एक जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित एक जना नै रहेका छन् । स्वास्थ्य, डर्माटोलोजी÷लेप्रोलोजी, भेनरल डिजिजेज सेवातर्फ चार जना छनोट भएका छन् । २ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या १६ जना रहेका छन् ।

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।

Advertisement 2

प्रकाशित :२०७९ चैत्र ८, बुधबार ०८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry