सामान्यका यी रैथाने कर्मचारीलाई चलाउने हिम्मत कस्को ?

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमै बेथिति कति कति । एउटा प्युसो कर्मचारीका अगाडि सचिव,मन्त्रीमात्र होइन सरकारै डराउँछ र निर्णयबाट पछि हटेको दृश्य खोज्न धेरै टाढा गइरहनै परेन । हालैमात्र सरकारले ६१ भाइ सहसचिवको सरुवा ग¥र्यो । सरकारले गत फागुन ११ गते एकै पटक ६१ सहसचिवको सरुवा ग¥र्यो । सूचीको ४९ नम्बरमा देख्न पाइन्छ रुद्रमान सिंह तमाङको नाम । उनलाई सामान्यबाट गृह मन्त्रालय वा अन्तरगत खटाइएको भए पनि ‘सामान्यको खेतीपाती’ छाडेर गृह जान अटेर गरे,अहिले सामान्यमै थमौती हुन सफल भएका छन् । रुद्रमान आफू बरिष्ठ सहसचिव भएको जिकिर गर्दै खटाएको ठाउँमा जान अटेरी गरिरहेको सामान्य प्रशासन स्रोतले जनाएको छ ।
रुद्रमान तिनै कर्मचारी हुन,जो काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा एक बर्षमा ३२ पटक विदेश भ्रमणमा गएको रेकर्ड पाइन्छ । अहिले खाट्टी माओवादी बनेर सामान्यमै टिक्न सफल भएका सामान्यका कर्मचारीहरु सुनाउँछन् ।

Advertisement 1

निजामतीमा अवसरवादी कर्मचारी ज्यादा छन् । त्यसमा पनि अर्थवादी र डनवादी हाबी रहेको बताइन्छ । अर्थबादीहरुको वर्चश्व अन्तरगत ऋृषि आचार्यहरु पर्दछन् । तिनलाई सो मन्त्रालय छाडेर दायाँ बायाँ हुनु परेको छैन । आचार्य,जो प्रकाशमान सिंहको समयदेखि सामान्यको चौघेरा तोडेर बाहिर जानुपरेको छैन । प्रकाशनसिंह स्थानीय विकास मन्त्री हुँदादेखि उनी सामान्यमै बसेर रजगज जमाउँदै आएका छन् । त्यस यता एक दर्जन मन्त्री फेरिए,उति नै सचिव फेरिए तर उनी मन्त्रालयको एउटा शाखाबाट अर्काे शाखामै घुमेर जागिर पकाइरहेका छन् । कर्मचारी संगठनको सल्लाहकारको भूमिकामा रहेका आचार्यलाई तह लगाउनसक्ने एउटै सचिव र मन्त्री देखिएको छैन । यो एक दशकको अवधिमा प्रशासन शाखाबाट विपद् व्यवस्थापन शाखामात्र परिवर्तन भएको हो ।

अर्काे अर्थवादी उपसचिव छन् रविन्द्रजंग थापा । सेटिङका मास्र्टर माइन्ड, जो निजामती सेवामा प्रवेश गरेको १० औं बर्ष भयो । तिनलाई सिंहदारको गेट छाडेर कतै दूरदराजतिर जानुपरेको छैन । सामान्यको कर्मचारी प्रशासन शाखामा बसेर चलखेल गरेको थाहा पाएपछि तत्कालीन सचिव एकनारायण अर्यालले सरुवा गरेर उर्जामा पठाएका उनी एकनारायण सरुवा भएलगतै पुन सामान्यमा फर्किएर खेतीपाती चलाइरहेका छन् । यसअघि कर्मचारी प्रशासन महाशाखामा हुँदा आफ्नो कन्सल्टेन्सीलाई काम दिनेदेखि प्रमुख प्रशासकीय अधिकृत सरुवा वा थमौती गर्दा चलखेल गरेको आरोप छ । यस्तो धन्दा चलाउँदै आएका रविन्द्रजंग थापा,पूर्व उपप्रधानमन्त्री कमल थापाका नातेदार । थापा परराष्ट्रमन्त्री हुँदा उनकै जोडबलमा नयाँदिल्लीको दूतावासमा ४ बर्ष काम गर्ने मौका पाएका थिए । सोबाहेक उनलाई सिंहदरबार छाडेर कतै जानुपरेको छैन । सामान्यबाट केही समय ऊर्जामा पुगे तर एनपी साउदको पावर लगाएर देउवा प्रधानमन्त्री भएको तीन दिनमै सामान्यमा फर्किए । उनको एक जना भाइ एनपी साउदको स्वकीयमा छन् । यस्तै बदनाम कर्मचारीलाई अघिल्लो बर्ष आर्थिक चलखेलका आधारमा तक्मा हात पारे ।

Advertisement 2

अहिले प्रशासन सुधारको ठूल्ठूला कुरा गर्ने अमनलाल मोदीले तिनको शाखा मात्र परिवर्तन गरे,कर्मचारी प्रशासनबाट सूचनातिर । यस्तै अघिल्लो बर्षमात्र एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको उपमहासचिव नासु रामचन्द्र अधिकारी ‘आरसी’ लामो समय संघीय मामिलाको आन्तरिक शाखामै बसेर रजगज चलाइरहेका छन् ।

त्यहाँका रैथाने कर्मचारीहरुमा सामान्य प्रशासनको पूर्व ट्रेड युनियनको अध्यक्ष गणेश आचार्य,उपसचिव महेन्द्र कुमार सापकोटा, गोविन्द फुँयालदेखि उमेश पराजुली,शेखरनिधि दाहाल लगायतका कर्मचारी रहेका छन् । यिनलाई सिंहदरबारको गेट छाडेर अन्यन्त्र कतै जानु परेको छैन । निजामती सेवा ऐनमा बढीमा २ बर्षसम्म बस्न पाउने ऐनमा व्यवस्था हुँदाहुँदै १० बर्षसम्म राख्ने जिम्मेवार पदाधिकारीलाई कारवाही हुनुपर्दछ कि पर्दैन ? यस्तै कर्मचारी ट्रेड युनियनको हवला दिएर पदको दुरुपयोग गरी एकै कार्यकालमा बर्षाैसम्म बस्ने काम कतिको जायज छ ?ती उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकाय किन निरिह ?

Advertisement 3

एउटा थारूको छोरा, गिरिजाप्रसादको छत्रछायाँबाट ‘राजनीतिमा ब्रेक’ पाएका कांग्रेसका हेभिवेट पूर्वअर्थमन्त्री महेश आचार्यलाई पछारे र दोस्रो पटक सांसद हुँदै मन्त्री बनेका अमनलाल मोदी अहिले सामान्य प्रशासन मन्त्री छन् । यी मन्त्रीले यसरी लिसोझैं संघीय मामिला तथा सामान्यमै टासिरहने कर्मचारीलाई छुने र चलाउने हिम्मत गर्न सक्लान ? चासोका साथ हेरिएको छ ।

प्रकाशित :२०७९ चैत्र १, बुधबार १०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry