यी हुन निजामती सेवाको उच्च ओहदामा कार्यरत ६ महिला
कुनै समय चुलो,चौका र भान्सामा सीमित महिलाको उपस्थिती पछिल्लो समय राज्यको हरेक तह र तप्कामा बाक्लिदो छ । उपस्थित मात्र होइन् नेतृत्व गर्ने स्थानमा समेत महिलाहरु पुगेका छन् र अब्बल कार्यसम्पादन गरेर देखाएका छन् । अन्य क्षेत्रमा झैं प्रशासनिक क्षेत्रमा समेत महिलाको उपस्थिती बाक्लिदो छ । महिलाहरु नेतृत्व गर्ने ठाउँमा पुगेर महिला पनि पुरुषभन्दा कुनै हिसाबले कमजोर छैनन भन्ने ढंगले काम गरेर देखाएका छन् ।
Advertisement 1
अहिले निजामती सेवाको विशिष्ठ श्रेणी (सचिव) पदमा ६ महिला सचिव बहाल छन् । जसमा प्रमिलादेवी बज्राचार्य,देवकुमारी गुरागाई,निर्मला पौडेल, राममाया कुँवर,विन्दु,लीलादेवी गड्तौला कार्यरत छिन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारीमा छिन् प्रमिलादेवी बज्राचार्य । बज्राचार्य सहसचिव हुँदा रेल विभागको कमाण्डर थिइन । स्थापनपछि तेस्रो महानिर्देशक मात्र होइन,उनी पहिलो महिला महानिर्देशक समेत बन्न सफल भइन । सचिव बढुवा भएपछि केही समय खानेपानी मन्त्रालयमा रहेकी उनी अहिले विज्ञान,प्रविधि मन्त्रालयमा कार्यरत छिन । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको (जनसंख्या र प्रशासन) सचिवको जिम्मेवारी सम्हालिरहेकी छिन् देवकुमारी गुरागाई,गुरागाईको परिवार नै सरकारी सेवामा छ । उनी यस्तो सौभाग्यशाली सचिव हुन कि नेपालको निजामती प्रशासनमा एकै पटक दाजु र बहिनी सचिव बनेर रेकर्ड कायम गराउन सफल पनि भइन । दाजु महेन्द्र लोकसेवा आयोगको सचिवबाट अवकाश पाइसकेका छन् । पुष्पप्रसाद गुरागाईं राजस्व, झइन्द्रप्रसाद (कानून),सरस्वती गुरागाईं शिक्षा सेवा, दोनुका शिक्षककै रुपमा कार्यरत छिन भने चिरञ्जीवी गुरागाईं चलचित्र विकास वोर्डमा बहालरत छन् ।
Advertisement 2
सर्वोच्च अदालतको रजिष्ट्रारको रुपमा निर्मला पौडेल कार्यरत छिन् ।यस्तै सर्वाेच्च अदालतको रजिष्ट्रार पदमा बहाल पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन् । यसअघि उनी प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन् । पौडेल २०५२ साल मंसिरदेखि शाखा अधिकृतको रुपमा निजामती सेवामा पाइला राखेकी हुन ।
यस्तै,महालेखापरीक्षकको कार्यालयको उपमहालेखा परीक्षकको रुपमा राममाया कुँवर खड्काले मुखिया पदबाट निजामती सेवाको यात्रा सुरु गरेकी हुन् । २०२४ वैशाख १ गते लमजुंगमा जन्मिएकी उनका बुवा बलबहादुर खड्का र माता पूर्णीमाया हुन् । उनले २०४९ सालमा मुखियाको परीक्षा पास गरी सेवा सुरु गरेकी हुन् । वन विभाग काठमाडौंबाट सेवाको सुरु गरेकी उनले यहाँ तीन वर्ष काम गरेपछि २०५३ सालमा प्रशासन समूहकी खरिदार बनिन्। खरिदार भएपछि तत्कालीन भूमिसुधार विभाग, सुकुम्वासी आयोग तथा लोकसेवा आयोगमा काम गरिन । २०५९ सालमा शाखा अधिकृत भइन् । त्यसयता महालेख परीक्षकको कार्यालयमै कार्यरत छिन् । २०६७ सालमा उपसचिव बनेकी कुँवर २०६९ सालमा सहसचिव र २०७५ साउनदेखि सचिवमा बढुवा भएकी हुन् । कुँवरले मास्टर अफ विजनेश स्टडिज र जनप्रशासन विषयमा स्नाकोत्तर छिन् । र सोही कार्यालयमा विशिष्ठ श्रेणीकै पदमा विन्दु विष्ट कार्यरत छिन् ।
यस्तै,नेपाल कानुन आयोगको सचिवमा लीलादेवी गड्तौला कार्यरत छिन् । गड्तौलासहित सचिव पदमा कार्यरत महिलाको संख्या ६ जना पुगेको छ ।अहिले निजामती फाँटमा ७३ सचिवको दरबन्दी रहेको छ ।