कर्मचारी सरुवा मापदण्ड तर्जुमा गर्दै
काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको सरुवामा नयाँ मापदण्ड बनाउन लागेको छ। काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा, सर्त तथा सुविधा व्यवस्थापन गर्न बनेको ऐन २०७७ को दफा ११४ र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड तयार पार्ने र स्वीकृतिका लागि कार्यपालिकामा लैजाने बैठकले निर्णय गरेको छ। मंगलबार सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा बसेको बैठकले सरुवासम्बन्धी मापदण्ड तर्जुमा गर्ने निर्णय गरेको हो।
Advertisement 1
नियुक्त हुँदाको सेवा, समूह, योग्यता, दक्षता तथा साबिक पदमा बसेर काम गर्दाको कार्य सम्पादनलाई सरुवाको मापदण्ड बनाउनुपर्ने बैठकमा सुझाव प्राप्त भएको छ। कार्यसम्पादन प्रक्रियामा गुनासो आएमा २ वर्षको अवधि पूरा नभए पनि सरुवा गर्न सकिने विषय बैठकमा महत्वका साथ उठेको थियो।
यस्ता छन् मापदण्ड मापदण्ड
१. काठमाडौं महानगरपालिकाको विभागीय प्रमुख पदमा सेवा तथा समुह वर्गिकरण गरिने छैन ।
२. काठमाडौं महानगरपालिकाको रिक्त विभागीय प्रमुख वा महाशाखा प्रमुख पदमा समान स्तरका कर्मचारीको तत्काल व्यवस्था गर्न नसकिने अवस्था उत्पन्न भएमा बढुवाका लागि सम्भाव्य
उम्मेद्वार कर्मचारी मध्येबाट सरुवा गर्ने अधिकारीले बढीमा ६ महिनाका लागि सरुवा गर्न सक्नेछ र सो अवधि भित्र त्यस्तो रिक्त पदमा स्थायी पदपूर्ति गरिनेछ ।
३. कर्मचारीलाई सरुवा गर्दा निज कुन पदमा नियुक्ति भएको हो सो लाई मुख्य आधारमानी निजको योग्यता, क्षमता, कार्य दक्षता एवं साविक पदमा रही गरेको कामको कार्य सम्पादन मुल्यांकन समेतलाई आधार मानिने छ ।
४. वातावरण विभाग अन्तर्गत फोहोर मैला व्यवस्थापन कार्यमा संलग्न कर्मचारी, नगर रक्षक, स्वास्थ्य प्राविधिक, अमिन वा यस्तै प्रकृतिका अन्य पदहरु हालवाला
विभाग/समिति/महाशाखा/सचिवालय/आयोजन/शाखा/वडा कार्यलय बाहेक अन्यत्र नभएमा त्यस्ता पदमा कार्यरत कर्मचारी हरुका हकमा सम्बन्धित विभाग/समिति/महाशाखा/सचिवालय/आयोजन/शाखा/वडा कार्यालय अन्तर्गत यो मापदण्ड अनुरुप २ वर्ष नाघेपछि कार्य परिवर्तन गरी आन्तरिक सरुवा गर्नुपर्नेछ । यसरी सरुवा गर्दा सरुवा गर्ने अधिकारीले प्रशासन विभागको पुर्व सहमति लिनु पर्नेछ । अन्यथा त्यस्तो सरुवा प्रशासन विभागले रद्ध गर्न सक्ने छ ।
५. विभाग/समिति/महाशाखा/सचिवालय/आयोजन/शाखा/वडा कार्यालयमा कार्यरत कर्मचारीको कार्य सम्पादन स्तर उपर सेवाग्राही बाट पटक पटक गुनासो आएमा वा तोकिएको जिम्मेवारी पुरा गर्न नसकेमा त्यस्तो कर्मचारीका हकमा दुई वर्ष सेवा अवधि पुरा नभए पनि सरुवा गर्न सकिने छ ।
६. प्रत्येक कर्मचारीलाई सरुवा गर्दा अनिवार्य कार्य विवरण उपलब्ध गराउनु पर्ने छ । विभागीय प्रमुख, महाशाखा प्रमुख, आयोजना प्रमुख, शाखा प्रमुख र वडा सचिवले कार्य विवरण र स्विकृत बजेटलाई आधार बनाई बार्षिक कार्य योजना बनाई कार्य गर्नु पर्ने छ । सोही कार्य विवरण र कार्य योजनाको उपलब्धि लाई आधार मानी कार्य सम्पादन मुल्याड.कन गर्नु पर्ने छ । महानगर सुधार कार्यक्रम, द्दण्टद्ध द्द
७. विभागीय प्रमुखको सरुवा गर्दा कार्यकारी अधिकृतले माथि उल्लेखित आधार नलिई आवश्यकता अनुसार गर्न सक्ने छ ।
८. कर्मचारीलाई सरुवा पत्र दिंदा सरुवा भएको पदमा काम गर्ने अवधि र त्यसपछि सरुवा हुन सक्ने पद समेत उल्लेख गरिनेछ ।
९. बुदा नं. ५ को अबस्थामा बाहेक अन्य अबस्थामा प्रत्येक वर्षको श्रावण र पौष महिनामा एक एक पटक गरी जम्मा दुई पटक सरुवा गरिने छ ।
१०. श्रेणी विहिन पदहरुलाई निज बसोवास गरेको घरपायक स्थानमा सरुवा गरिनेछ । तर निजले त्यसरी सरुवा हुन नामन्जूर गरेमा यस मापदण्ड अनुसारकै प्रणालीमा सरुवा गरिनेछ ।
११. पचास वर्ष नाघेका वा कुनै रोग विरामबाट अशक्त भएका कर्मचारीलाई निजको सेवा समूहसँग मिल्ने कम जोखिमपूर्ण काम दिने गरी सरुवा गरिनेछ ।
१२. कुनै विभाग महाशाखाबाट सेवा समूह बाहेकका कर्मचारी काजमा आइ काम काज गरेमा सो कार्यलाई “घ” वर्गको मानी अर्को सरुवा गरिनेछ तर महानगरपालिका समेतको संलग्नतामा संचालन भएका आयोजनाहरुमा काजमा कार्य गर्दा “ग” वर्गमा कार्य गरेको मानिनेछ ।
Advertisement 2
सरुवा गर्ने समय, रवाना लिने, हाजिर हुने, कार्य विवरण पठाउने, अन्यत्र कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरूको व्यवस्थापनलगायत विषय मापदण्डमा समेटिनेछन्। बैठकमा समितिका सदस्यहरू भाइराम खड्गी, सरोज ढकाल, विभागीय प्रमुख दीपक अधिकारी, महाशाखा प्रमुखहरू गंगाधर गौतम र सरिता राई सहभागी थिए।