अर्थमा हदैसम्मको अराजकता :-कर असुल्ने मुख्य समयमा राजश्व सचिव अष्ट्रिया शयरमा मस्त

किसानका लागि जसरी असार महिना महत्वपूर्ण हुन्छ । उसै गरी सरकारको खर्च सन्तुलनको हिसाबले असार महिना अत्यन्त महत्वपूर्ण महिना हो । तर यही समयमा राजश्व सचिव विदेश शयरमा मस्त छन् । आन्तरिक राजश्व विभागका डिडिजी बोकेर उनी दुई सातादेखि अस्ट्रियामा रमाइरहेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार उनी दोहोरो कर मुक्तीको अभ्यास सम्बन्धी तालिममा भाग लिन अष्ट्रिया गएका हुन् ।

Advertisement 1

असार महिनामा सरकारले राजश्व बढी असुली गर्ने लक्ष्य लिएको हुन्छ । कर,भन्सारदेखि राजश्वको लक्ष्य पूरा गनुपर्ने समय हो यो । जस्का लागि अर्थले राजश्व सचिवको नेतृत्वमा एउटा टिम नै बनाएको हुन्छ । सो टिममा भन्सारका डिजीका अलवा राजश्व महाशाखाका कर्मचारीहरुले बिहानदेखि बेलुकासम्म भन्सार प्रमुख,कर प्रमुखलाई सम्पर्क गरी बक्यौता असुलीका तारान्तर झकझकाउनु पर्ने समय हो यो । याो समय भनेको अर्थ र राजश्व दुई वटै सचिवहरु हल गोरुजस्तो नारिएर काम गर्ने बेला तर छाडा प्रवृत्ति यस्तो देखियो कि उहाँ यस्तो महत्वपूर्ण समयमा विदेश शयरमा रमाइरहनुभएको छ । एक जना अर्थकै सहसचिवले टिप्पणी गर्दै भने, जिम्मेवारीबोध नभएको भए हुने यस्तै हो ।
राजश्व सचिव नै विदेश शयरमा मस्त भए पछि सरकारले अपेक्षा अनुरुप राजस्व संकलन गर्न सक्ने नै भएन । महालेखा नियन्त्रकको पछिल्लो तथ्यांक अनुसार हालसम्म कूल १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व संकलन भएको छ। जबकी सरकारले चालु आथिक बर्षमा ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
महालेखाका अनुसार कर राजस्व कूल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर संकलन भएको छ। यो कूल लक्ष्यको ८६दशमलव ७५ प्रतिशत बराबर हो। चालू आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
त्यस्तै गैरराजस्व एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाख बराबर संकलन भएको छ। यो कूल लक्ष्यको ६५ दशमलव ८७ प्रतिशत बराबर हो।

कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकोमा १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ। कूल लक्ष्यको २३ दशमलव १७ प्रतिशत बराबर हो।

Advertisement 2

सबै विवरणका आधारमा हेर्दा सरकारले चालू आवको हालसम्म अर्थात् कूल लक्ष्यको ८५ दशमलव ३३ प्रतिशत बराबरको प्राप्त गरेको छ।

त्यस्तै सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४ दशमलव ३३ बराबर खर्च भएको छ। त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ। चालू आवका कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ।

Advertisement 3

 

 

प्रकाशित :२०७९ असार २६, आईतवार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry