नेपाली सेनाले माग्यो सरसफाईकर्मीदेखि प्रिन्सिपलसम्म (विज्ञापनसहित)

sena

नेपाली सेनाले २९ जना कर्मचारी माग गरेको छ ।

Advertisement 1

सेनाले स्वास्थ्य तर्फ करार र ज्यालादारीमा ती कर्मचारी भर्ना गर्न लागेको हो । सेनाको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लागि उपप्रध्यापकदेखि सरसफाइकर्मीसम्मका कर्मचारी आवश्यक परेको सूचनामा जनाइएको छ ।
सूचना अनुसार,स्वास्थ्य विज्ञान संस्थानका सेनाले ७ जना उपप्राध्याक र ६ जना सहायक प्राध्यापक माग गरेको छ। यसबाहेक स्वास्थ्यतर्फ स्वास्थ्य सेवा महाशाखा छाउनीका लागि ७ जना औषधि वितरक पनि करार सेवामा सेनाले माग गरेको छ ।

नेपाली सेनाले सैनिक अस्पताल नेपालगन्जका लागि दैनिक ज्यालादारीमा ११ जना सरसफाइकर्मी पनि माग गरेको छ । योग्यता पुगेका इच्छुकले अबको दुई हप्ता भित्रसम्ममा आवेदन दिन सक्नेछन् ।

प्रकाशित :२०७९ माघ १८, बुधबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry