स्वास्थ्य बिमा बोर्डको निमित्त प्रमुखमा शर्मा
काठमाडौं। सरकारले स्वास्थ्य बिमा बोर्डको निमित्त प्रमुखमा डा. सरोज शर्मालाई नियुक्त गरेको छ।
Advertisement 1
स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्म शर्मालाई आर्थिक र प्रशानिक अधिकारी दिइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
Advertisement 2
यसअघि गत आइतबार मात्रै बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल सकिएको थियो। बोर्ड पछिल्लो भदौयता अध्यक्षविहीन छ।
प्रकाशित :२०८१ मंसिर २, आईतवार १४:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%