गृहद्वारा दर्जनौं सीडीओसहित ७० सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले एकै पटक ७० जना कर्मचारीहरुको सरुवा गरेको छ । राजपत्रांकित प्रथम श्रेणीका ४९ प्रजिअ, सहायक प्रजिअलगायतका कर्मचारी र राजपत्रांकित द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement 1

सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउन भन्दै गृहले बनाएको प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको पर्सीपल्टै ठूलो संख्यामा कर्मचारी सरुवामा परेका हुन ।

शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।

Advertisement 2

जसअनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । सिरहाका प्रजिअ लालबाबु कवारीलाई गोरखामा, दोलखाका भोजराज खतिवडालाई सिरहामा सरुवा गरेको छ । यस्तै,रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ । यस्तै सिन्धुलीका रमेश न्यौपानेलाई सिन्धुपाल्चोकमा, प्यूठानकी सुनिता नेपाललाई सिन्धुलीको प्रजिअको रुपमा खटाइएको छ ।

यस्तै सरुवामा परेका अन्य कर्मचारीहरुमा राष्ट्रिय परिचयपत्रकी उपसचिव मीना अर्याललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रजिअमा,गृहमन्त्रामलयका उपसचिव शेखर पौड्याललाई दोलखाको प्रजिअमा, गुल्मीका पुण्यविक्रम पौडेललाई काभ्रेपलाञ्चोकमा,काभ्रेकी हुमकला पाण्डेलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । बाग्लुङका रमेश ढकाललाई धादिङमा, तनहुँका प्रजिअ विश्वप्रकाश अर्याललाई नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रजिअमा, मोरङका प्रजिअ काशीराज दाहाललाई धनुषाको प्रजिअमा, धनकुटाका युवराज कटेललाई कैलालीको प्रजिअमा,सल्यानका विपीन आचार्यलाई बाँकेको प्रजिअ बनाएर खटाइएको छ ।
यस्तै दाङका हिरालाल रेग्मीलाई पर्साको प्रजिअमा, लम्जुङका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।यस्तै धादिङका कृष्णप्रसाद लम्साललाई नवलपरासी बर्दघाट सुस्तापूर्वको प्रजिअमा सरुवा गरिएको छ ।
यस्तै सरुवामा परेका अन्य प्रमुख जिल्ला अधिकारीहरुमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई भक्तपुरको प्रजिअ बनाएर खटाइएको छ । पर्वतका नारायणप्रसाद सापकोटा सुर्खेतको प्रजिअ बनाइएको छ । तनहुँका सहायक प्रजिअ चित्रांगत बराललाई पर्वतको प्रजिअमा, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका श्रवणकुमार पोखरेललाई इलामको प्रजिअमा, अर्घाखाँचीका शशीधर घिमिरेलाई स्याङ्जा र झापाका छविलाल रिजाललाई तनहुँको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Advertisement 3

यस्तै केही प्रमुख जिल्ला अधिकारीहरु गृहमा तानिएका छन् । जसमा अछामका प्रजिअ रामदत्त पाण्डे, सर्लाहीका थानेश्वर गौतम,ओखलढुंगाका प्रजिअ दिलकुमार तामाङ, चितवनका आशमान तामाङ र नुवाकोटका नारायणप्रसाद रिसाल,नवलपरासी बर्दघाट सुस्तापूर्वका सुमन घिमिरेलाई गृहमन्त्रालयमा, पर्साका प्रजिअ उमेशकुमार ढकाललाई गृहमन्त्रालयमा,भक्तपुरकी रुद्रादेवी शर्मालाई गृहमन्त्रालयमा तानिएको छ ।

यस्तै गृह र मातहतको कार्यलयबाट प्रमुख जिल्ला अधिकारी बनेर जानेमा राष्ट्रिय परिचयपत्रका लक्ष्मण ढकाललाई अछामको प्रजिअमा, राष्ट्रिय परिचयपत्रका निर्देशक सागरमाणि पाठकलाई गुल्मीको प्रजिअमा, गृहमन्त्रालयकी लीलाकुमारी केसी धनकुटाबाट पठाइएको छ भने गृहमन्त्रालयका सहसचिव शिवराम पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रका महानिर्देशक तीर्थराज भट्टराईलाई मोरङको प्रजिअमा, गृहमन्त्रालयका सुरेन्द्र पौडेललाई चितवनको प्रजिअमा, इलाका प्रशासन कार्यालय साँखुका कृष्णचन्द्र पौडेललाई सल्यानको प्रजिअमा र जेलर बसन्तराज पुरीलाई जिल्ला प्रशासन कार्यालय लमजुङको प्रजिअ बनाएर खटाइएको छ ।

रा.प._प्रथमरा.प._द्_वितीय

प्रकाशित :२०७९ माघ ७, शनिबार ०८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry