अधिकृतहरुलाई अर्थमन्त्रीको निर्देशन :- तपाईँहरूले समाजवाद के हो पढ्नुपर्यो, थाहा पाउनुपर्यो
राजश्वसम्बन्धी अधिकृतस्तरीय तालिम प्रारम्भ भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो तालिमको उद्घाटन गर्नुभएको हो । अर्थमन्त्री शर्माले समाजवाद उन्मुख अर्थतन्त्रबारे कर्मचारीले जान्नुपर्ने बताएका छन् । कार्यक्रमको उद्घाटन पछि मन्त्री शर्माले भने,तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्यो, थाहा पाउनुपर्यो । कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले जान्नैपर्ने मन्त्री शर्माले बताएका हुन । नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ। समाजवादको कुरा गरेको छ। तपाईंहरूले के हो समाजवाद भनेर पढ्नुपर्यो, थाहा पाउनुपर्यो ।
उनले कर्मचारीहरुले समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्ने,कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्ने र यी र यस्ता बिषय पनि तालिममा सिकाउनुपर्ने बताए ।
कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ। व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गनुपर्ने, कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको,त्यसमा सुधार गर्नुपर्ने उनको भनाई थियो । हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस्। कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउन पनि उनले कर्मचारीहरुलाई आग्रह गरे । आइतबारबाट सुरु तालिम पुस ९ गतेसम्म चल्नेछ।