नेताले राज गर्ने, कर्मचारीले शासन गर्ने

नेपाल सरकारको सचिव भएर काम गरिसकेका लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली हाम्रो कर्मचारीले तोकतन्त्रको मूल्य मान्यता नै बुझेको छैन, उनीहरुलाई त्यो पढाउनु पर्ने बताए । सामान्य प्रशासन मन्त्रालयले राजनीति र प्रशासनको सम्वन्धबारे आयोजना गरेको अन्तरक्रियामा उनले संघीयतामा जाँदा त्यहाँको भाषा, संस्कृति सिकेको हुनुपर्ने बताएका हुन् ।
Advertisement 1
अबको व्यूरोक्रेसी साँस्कृतिक रुपमा पनि प्रतिस्पर्धी हुनुपर्छ । त्यहाँको रितिरिवाज नबुझेको कर्मचारीले काम नै गर्न सक्दैन । संविधानले त्यस्तो व्यवस्था गरेको छ । त्यसको तयारी खै उनले प्रश्न गरे ।
“राजनीतिकर्मीहरुले राज गर्ने हो, शासन गर्ने होइन । शासन गर्ने, तडकभडक गर्ने काम व्यूरोक्रेसीले गर्छ । मानसम्मान, मञ्च, माला नेताहरुले पाउनुपर्छ । त्यसैले भनिन्छ, राजनीतिज्ञहरु राज गर्छन्, प्रशासकहरु शासन । भएको कुरा हो यो, लुकाएर लुक्दैन । पश्चिमी देशहरुमा अभ्यास गर्न थालियो, बफरजोन अफ द व्यूरोक्रेसी । व्यूरोक्रेसी अब बफरजोनको रुपमा रहनुपर्छ । नेताहरुको गल्तिलाई जनतासमक्ष पुर्याइदिने, जनताका गुनासाहरु नेताहरुकहाँ पुर्याइदिने । यो पद्धती अब यहाँ पनि आउँछ, आउनुपर्छ । यहाँ त व्यूरोक्रेसी पनि विस्वाशिलो नभएर समस्या आएको मैनालीले बताए ।”

















