राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र सांसदज्यूहरुलाई प्रवासबाट चिट्ठी

 

Advertisement 1

अध्यक्ष तथा सांसदज्यूहरु,
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल।

राजनैतिक अतिवाद, राजनैतिक अपराधीकरण, भ्रस्टाचार र दलीय स्वार्थका लागि भैरहेका गठवन्धनका कारण देश संकटमा छ। रास्वपा यही कुरोलाई केन्द्रमा राखेर जनतामाझ चुनावमा गएको थियो। किनकि यी संकटहरुबाट मुक्ति दिलाउने सवालमा देशका मुख्य राजनैतिक पार्टीहरु असफल भएको अवस्था छ। आममानिसले आफ्नो जनप्रतिनिधि छनोटको मौका र चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्न पाउने अभ्यास लोकतन्त्रको मेरुदण्ड हो। तर, गठवन्धनको राजनीतिले गर्दा यी दुवै स्तम्भ गर्ल्यामगुर्लुम ढल्ने अवस्थामा छन्। रास्वपा सत्तामा गएसंगै अन्योलको स्थिति सिर्जना भएको छ। किनकि रास्वपाले गठवन्धनको राजनीतिलाई ठगीको संज्ञा दिदै संघीय चुनावमा मत मागेको थियो। यो आवाज रास्वपाको मात्रै थिएन, जनताको अन्तर्मनको आवाज पनि थियो। त्यसैले जनताजनार्दनले रास्वपालाई मत दिदै २० सांसद संघीय संसदमा चुनेर पठाए।

Advertisement 2

आमजनता वैकल्पिक राजनीतिको खोजीमा थिए र निरन्तर छन्। नयाँ राजनैतिक दलहरु चुनावको बेला अकस्मात अस्तित्वमा आउछन्। नेपालका सन्दर्भमा यो एउटा राजनैतिक प्रवृत्ति नै भएको छ। चुनावपछि नयाँ राजनैतिक दलहरु सामाजिक र राजनैतिक रुपमा समुदायमा सक्रिय नभएका कारण लोप हुने पनि गर्दछन्। यो तितोसत्य रास्वपाले राम्रै बुझेको हुनुपर्छ। रास्वपाको जितबाट म लगायत विदेशिएका धेरै मानिसहरु र नेपालका जनता हौसिएका थिए। अझै हौसिएकै छौ किनकि परिणाम देखाउन समय चाहिन्छ। मेरो बुझाइमा रास्वपासंग राम्रो राजनैतिक रेसिपी छ। तर, यसका लागि आवश्यक पर्ने इन्ग्रेडिएन्टको अझै अभाव छ। पर्याप्त इन्ग्रेडिएन्ट नै नभएको अवस्थामा रास्वपाले जनतालाई स्वादिस्ट खाना कसरी पस्कन्छ होलारु यो त समय आएपछि थाहा होला। किनकि रास्वपा सत्तामा सहभागी भएसंगै जनतामा आशा र संसय दुवै छ। रास्वपाले देशमा आमूल परिवर्तन ल्याउछु भन्नु राम्रो हो। यस्ता घोषणाहरुको स्वागत गरिनुपर्छ र गरिएको पनि छ। आमजनताले पनि यही चाहेका छन्।

अध्यक्ष तथा सांसदज्यूहरु,

Advertisement 3

रास्वपा नयाँ राजनैतिक दलको रुपमा गठन हुनु राम्रो हो। देश र जनताका लागि वैकल्पिक राजनैतिक शक्तिको आवश्यकता छ। तर, रास्वपा वास्तवमा देशको मुहार फेर्न सफल होला तरु कतै रास्वपा पनि धेरै गडगडाउने खहरेखोला जस्तै त होइनरु के रास्वपा विगतमा अस्तित्वमा आएका नयाँ राजनैतिक दलहरुजस्तै लोप भएर जाने त होइनरु त्यसैले रास्वपाले केही महत्वपूर्ण प्रश्नहरुका बारेमा जनतालाई स्पस्ट पार्नसक्नुपर्छ। जस्तैस् रास्वपाले देशको विकास र रक्षा गर्छ भन्ने वलियो आधार के हुन्रु आमजनताले रास्वपा सत्तामा गएपछि यसप्रति किन विश्वस्त हुन सकिरहेका छैनन्रु विगतमा गठन भएका विवेकशील र अन्य राजनैतिक दलहरु किन असफल भएरु कतै नयाँ राजनैतिक दलका विचारधारा साघुरा त छैनन्रु जनताको वास्तविक रुचिलाई जगाउन असमर्थ भइएको होरु रास्वपा विगतमा असफल भएका दलहरुबाट केही सिक्दै नयाँ ढंगले जनतामाझ आइरहेको हो वा कुनै पाठ नै नसिकी अध्यारोमा तीर हानिरहेको होरु रास्वपाले समयमै यी र यस्तै राजनैतिक सवालका बारेमा ध्यान दिन सकेन भने बहुमत जनता विस्तारै स्वतन्त्र उम्मेदवारको पक्षमा नजालान् भन्न सकिदैन। यसको संकेत स्थानीय चुनावले स्पस्ट रुपमा दिइसकेको छ। समावेशी लोकतन्त्रका लागि यो कदापि राम्रो होइन।

विश्वको ईतिहासलाई केलाउने हो भने राजनीतिमा सफल भएका नयाँ राजनैतिक दल सामाजिक आन्दोलनको गर्भबाट जन्मेका छन्। भारतको आपपार्टीलाई नै उदाहरणका रुपमा लिने हो भने अरविन्द केजरीवाल सामाजिक आन्दोलनबाट राजनीतिमा आएका सफल व्यक्ति हुन्। सामाजिक आन्दोलनका सवालमा अरविन्द केजरिवालको संघर्ष र काम धेरैका लागि प्रेरणाको स्रोत भएको छ। केजरीवाल अकस्मात राजनीतिमा आएर सफल भएका व्यक्ति होइनन्। राजनीतिमा आउनु अघि उनी आममानिस, देशको माटो र समुदायसंग जोडिएका प्रेरणादायी व्यक्ति हुन्। त्यही भएर उनी राजनीतिको रेसिपी र इन्ग्रेडिएन्ट दुवै जनतामाझ पस्कन सफल भएका छन्।

कांग्रेसआई पार्टीको समर्थनमा सत्तामा जाने कि नजाने भनेर आपपार्टीले दिल्लीवासीलाई समावेश गरेर सर्भे पनि गरेको थियो। सर्भेले सत्तामा जाने मत जाहेर गरेका कारण आरम्भमा बहुमत नहुँदा पनि कांग्रेसआईको समर्थनमा अरविन्द केजरीवालले ४९ दिन दिल्लीको सरकार पनि चलाए। तर, अरविन्द केजरीवालले यो अवधिमा कांग्रेसआई पार्टीको सहयोग पाएनन्। कांग्रेसआई पार्टी आपपार्टीको जरा काट्नतिर लागेको छ भन्ने कुरो अरविन्द केजरिवालले थाहा पाउने वित्तिकै जनतासंग माफी माग्दै जनताकै माझ राजनैतिक अभियान लिएर गएका थिए। पछि चुनावमा प्रचण्ड बहुमत ल्याएर आफ्नो विचार, सिद्दान्त, दूरदृष्टि र योजना लागु गर्न सफल भएका थिए। यो दृष्टान्तबाट रास्वपाले धेरै कुरो सिक्नसक्छ।

अध्यक्ष तथा सांसदज्यूहरु,

अर्को कुरा पहिला नै मृत्यु भैसकेका राजनैतिक दलका सिद्दान्त र संगठनलाई रास्वपाले व्युताउने काम गर्नु भनेको नयाँ राजनैतिक दल खोल्ने ढोंग मात्रै हो। रास्वपाले नयाँ विचार दिएर जनतामा नयाँ आशाको संचार गर्न सक्नुपर्छ। कम्तिमा पनि ५० वर्ष पछिको देशको भविष्यको ठुलो चित्र अहिले नै रास्वपाले आफ्नो राजनैतिक दूरदृष्टिमार्फत जनतालाई प्रस्ट रुपमा देखाउन सक्नुपर्छ। त्यसैले रास्वपाको राजनैतिक वैचारिक धरातल के होरु यो कुरो जनतालाई स्पस्ट पार्नुपर्छ। जनता, समाज र देश परिवर्तनशील हुन्छन्। कुनै एक कालखण्डका लागि अभ्यासमा ल्याइएका राजनैतिक दर्शन र सिद्धान्त अहिले काम लाग्दैनन् भन्ने हेक्का रास्वपाले राख्नुपर्ने हुन्छ। रास्वपाले कांग्रेस र कम्युनिस्टकै शैली अपनाएर राजनीति गर्न खोजे असफल नहोला भन्न सकिन्न।

रास्वपाले देशका समस्याहरुलाई नयाँ ढंगले समाधान गर्ने कुरो गरेर जनतालाई देशको नयाँ मार्गचित्रमा डोर्याउन सक्नुपर्छ। पुराना राजनैतिक दलहरुले सिर्जना गरेका समस्या, विसंगति, वेथिति र नेपाली समाजमा ल्याएको विभाजनलाई रोक्ने वा मेटाउने काम पनि रास्वपाले गर्नुपर्छ। रास्वपाले पनि उही पुरानै राजनैतिक दलहरुको अनुकरण गर्दै यो नीति र त्यो नीतिका बारेमा कुरा गरिरहेको छ। यो कालखण्ड भनेको पुराना राजनैतिक दलहरुले जनता र देशलाई संकटमा धकेलेको अवस्था हो। यसका कारण देश, जनता र लोकतन्त्र संकटमा छन्। राजनैतिक पद्दति नै संकटमा परेका बेला नीति पस्केर समस्याको समाधान हुदैन भन्ने कुरो रास्वपाले बुझ्नुपर्ने हुन्छ। संकटको बेला नीति होइन, संकटबाट जनतालाई मुक्ति दिलाउने विचार, विधि र अस्त्रको आवश्यकता पर्छ भन्ने कुरो रास्वपाले बुझेको हुनुपर्छ। पटकपटक असफल भैसकेका पार्टीहरुको सरकारमा गएर रास्वपा यो कार्य गर्नसक्छ तरु अहिले जनता र शुभेच्छुकहरुमा संशय उत्पन्न भएको अवस्था छ। यो संशयलाई रास्वपाका प्रवक्ताहरुले मिडियामार्फत स्पस्ट गर्नुको साटो जटिल बनाइरहेको स्थिति देखिएको छ।

त्यसैले रास्वपाले नेपाल र नेपाली जनताले सामना गरिरहेका संकटसंग लड्नुपर्छ। समस्याको समाधान यसरी गर्न सकिन्छ भनेर आमजनतालाई आफ्नो विश्वासमा लिन सक्नुपर्छ। नत्र जनताले नयाँ र पुराना राजनैतिक दलकाबीच फरक छुट्याउन असमर्थ हुनेछन्। यसैका कारण विगतमा नयाँ राजनैतिक दल असफल भएका थिए। रास्वपा असफल भयो भने भविष्यमा गठन हुने नयाँ राजनैतिक दलहरुलाई पनि सफल हुन धेरै गारो हुनेछ। अहिले कांग्रेस र कम्युनिस्ट कै राम्रा कार्यकर्ताहरु पनि विकल्पको खोजीमा छन्। यो अवसरलाई रास्वपाले आफ्नो पक्षमा पार्नसक्नुपर्छ। त्यसैगरी दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी राजनैतिक पार्टीका समय सुहाउदा र सान्दर्भिक राजनैतिक पक्षहरु रास्वपाले अङ्गीकार गर्न हिच्किचाउनु हुदैन।

अध्यक्ष तथा सांसदज्यूहरु,

देश विकासका लागि समान स्वार्थ भएका असल मानिसहरुलाई एकै थलोमा आउन केले रोकेको छरु सार्वजनिक स्वार्थको सुनिश्चितताका लागि सबैले एक थलोमा आउनुपर्ने होइन ररु पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि रास्वपाले स्पस्ट विधि र प्रक्रिया अनुसरण गर्नुपर्छ। यसले असल मानिसहरुलाई रास्वपासंग जोडिन सहज बनाउने छ। नत्र जसरी पुराना पार्टीहरुभित्र थरीथरीका झुण्ड छन्, त्यही अवस्था रास्वपाले पनि सामना गर्नुपर्ने हुन्छ। निर्वाचन, चुनाव र सत्ताका लागि मात्रै एक ठाउँमा आउनु भनेको व्यक्तिगत वा पार्टीगत स्वार्थलाई प्राथमिकतामा राख्नु हो। नयाँ राजनैतिक दलहरुले निर्वाचनमा विजय हासिल गरुन् वा नगरुन्, चुनावपछि गठवन्धनमा विग्रह हुने ठुलो सम्भावना रहन्छ। अन्तिम उद्देश्य सम्प्रभु जनताकै सेवा गर्नु छ भने किन निर्वाचन र चुनाव चिन्हका लागि मात्रै नयाँ दलहरु गठवन्धन गर्छन्रु उद्देश्य र स्वार्थ समान भए एउटा सिंगो नयाँ राजनैतिक शक्तिका रुपमा किन अगाडी बढ्न सक्दैनन्रु यसबाट नयाँ राजनैतिक शक्तिले पनि जनतालाई गुमराह गर्न खोज्दैछ भन्ने संदेश जनतामा जान्छ।

पुराना राजनैतिक दलहरुले यो र त्यो नीतिका बारेमा कुरा गर्दै आमजनतालाई भ्रममा राखेको कुरा त जगजाहेर नै छ। रास्वपाले पनि यही शैली अपनाए जनताको मन जित्ने स्थिति देखिदैन। पुराना राजनैतिक दलहरुले आगामी चुनावका बारेमा मात्रै चिन्तन(मनन् गर्छन। रास्वपाले जनता, समाज र देशको सुनौलो भविष्यका बारेमा सोच्नु पर्ने होइन ररु किन चुनावको मुखमा मात्रै आएर रास्वपा राजनैतिक दलको रुपमा दर्ता भयोरु रास्वपाले सामाजिक आन्दोलनका माध्यमबाट आमजनता र जमिनसंग जोडिने काम गर्नुपर्ने होइन ररु यसले दललाई वलियो बनाउने कुरोमा कुनै सन्देह छैन। रास्वपा नीतिमा मात्रै आधारित भयो भने अहिलेको अवस्थामा जनतामा आफ्नो पकड बनाउन सक्दैन। देशले भोगिरहेका नयाँ र जटिल समस्याहरुका आधारमा रणनीति बनाउदै पुराना राजनैतिक शक्तिलाई ठुलो धक्का दिनसक्नुपर्छ। देशका सामु रहेका समस्याहरुको समाधान नयाँ ढंगले दिन सकिएन भने आमजनताले रास्वपामा विश्वास गर्न गारो हुन्छ। त्यसैले बहुमत आमजनताले स्वीकार गर्नसक्ने राजनैतिक विचारधारा, दर्शन, सिद्धान्त र विकासको मोडल देशलाई दिन सक्नुपर्छ। एउटा साझा कारणका लागि सारा नेपाली जनतालाई संगै लिएर हिड्न सक्ने रास्वपा अहिलेको अपरिहार्य आवश्यकता हो।

रास्वपाले देशका भविष्यका बारेमा दिने सकारात्मक संदेश के होरु यसले विशेष महत्व राख्छ। रास्वपाले समाज र देशका लागि के चाहदैन भनेर सोच्ने होइन। रास्वपाले जनताका लागि आफुले के चाहेको छ भन्ने स्पस्ट संदेश जनतालाई दिन सक्नुपर्छ। फलानो राजनैतिक दलले यो गर्यो वा त्यो गर्यो भनेर आलोचनामा समय खर्च गर्नु मुर्खता मात्रै हो।आलोचना गर्न राजनैतिक क्याम्पेन चलाउन आवश्यक छैन। आफ्नो दलको सकारात्मक संदेश जनताकहाँ पुर्याउन राजनैतिक क्याम्पेनको आवश्यकता पर्छ। अनि मात्रै रास्वपाले आफुलाई जनताको वास्तविक पहरेदारका रुपमा स्थापित गर्न सम्भव हुन्छ। रास्वपाले भोलिको सुनौलो संसारका लागि एउटा साझा राजनैतिक योजना आमजनतालाई पस्किन सक्नुपर्छ। रास्वपा सकारात्मक, अग्रगामी र नयाँ समाधान दिनसक्ने हुनुपर्छ।

अध्यक्ष तथा सांसदज्यूहरु,

अहिलेका मुख्य राजनैतिक दल राजनैतिक आन्दोलनबाट अस्तित्वमा आएका हुन्। यी राजनैतिक प्रयत्नहरुले व्यवस्था परिवर्तन गर्न सहयोग गर्यो। तर, जनता र देशको दशा र दिशा रुपान्तरण गर्न भने असफल भए। रास्वपाका लागि यही कुरो देश विकासका लागि प्रस्थान बिन्दु हुनुपर्छ। रास्वपाका लागि सामाजिक र राजनैतिक आन्दोलन गर्ने थलो स्थानीय समुदाय हुनुपर्छ। समुदायस्तरबाटै भविष्यका सेवकनेताहरु उत्पादन हुनुपर्छ। यसका लागि जनताकै माझमा सेवकनेतृत्वका रुपमा प्रत्येक राजनीतिकर्मीले काम गर्नुपर्छ। नेताको जन्म राजनैतिक हाइकमाण्डको खल्तीबाट हुने परम्पराको अन्त्य रास्वपाले गर्छ भन्ने विश्वास छ।

केही पटके राजनैतिक क्याम्पेन गर्दैमा रास्वपाले जनताको मन जित्न सक्दैन। प्रारम्भमै सिंहदरबारलाई जित्ने लक्ष्य रास्वपाले लिन्छ भने त्यो घातक हुनसक्छ। शुरुमा देशको कुनै एउटा प्रदेश वा महानगरमा आमूल परिवर्तन ल्याउने उद्देश्यकासाथ काम गर्नुपर्छ। रास्वपाका लागि यो परीक्षाको घडी हो। आफुलाई जनतामाझ प्रमाणित गर्ने मौका हो। यसले देश सुहाउदो विकासको मोडललाई स्थापित गर्न पनि ठुलो मद्दत गर्नेछ। अनि विस्तारै त्यही विकासको मोडललाई अरु प्रदेश वा स्थानीय निकायमा समायोजन गरेर लागु गर्दा जनताले रास्वपालाई विश्वास गर्नसक्छन्। रास्वपाले स्थापनाको आरम्भमै देशभरी चुनाव लड्ने र प्रधानमन्त्री बनेर देशको मुहार फेर्छु भन्नु मुर्खता सिवाय केही होइन। संयोगवस सफल भए पनि नयाँ राजनैतिक शक्ति दिगो हुन सक्दैन। यो सोचले नयाँ राजनैतिक शक्तिको अवसान मात्रै हुनेछ।

अध्यक्ष तथा सांसदज्यूहरु,

रास्वपाले आफ्नो सामाजिक अभियान स्थानियस्तरमा निरन्तररुपमा चलाउन सक्नुपर्छ। सच्चा नयाँ राजनैतिक शक्तिले स्थानिय पूर्वाधार, स्थानीय ज्ञान, जनता, संगठन र विचारका आधारमा आफ्नो जगलाई बलियो बनाउने प्रयास गर्नुपर्छ। अनि मात्रै रास्वपाले आफ्नो विचारलाई जनतामाझ स्थापित गर्नसक्छ। रास्वपा सामाजिक आन्दोलनको जगमा उभिनुपर्छ। रास्वपाले चुनावको बेलामात्रै आफुलाई सतहीरुपमा सक्रिय बनाउनु भनेको पुराना राजनैतिक शक्तिलाई माहुरीले डंक मारे जस्तै हो। अहिले नेपालमा माहुरीले जस्तै डंक मार्ने नयाँ राजनैतिक दल होइन, बारुलाले जस्तै चिल्न सक्ने नयाँ राजनैतिक दलको आवश्यकता छ। यो कार्य रास्वपाले गर्नसक्छ भन्नेमा मेरो विश्वास छ।

रास्वपाले देशमा भएका थिङ्कट्यांकको उपयोग गर्नसक्नुपर्छ। थिङ्कट्यांक परिचालन गर्न बुद्धिजीवी र विचारकहरुलाई उपयोग गर्नुपर्छ। यसका कारण एभिडेंसमा आधारित सार्वजनिक नीति बनाउन सम्भव हुनेछ। तर, यो वर्गलाई आफ्नो पार्टीको झोले बनाउने प्रयास गर्नु राम्रो होइन। यसकासाथै ताजा विचार जनतासामु राख्न पत्रपत्रिका वा सामाजिक संजाल प्रयोगमा ल्याउनुपर्ने हुन्छ। नयाँ राजनैतिक दलले आफ्ना ताजा, समयसापेक्ष र सान्दर्भिक विचारहरुलाई मिडियामार्फत जनतासमक्ष पस्किन सक्नुपर्छ। देशव्यापी नेटवर्क सिर्जना गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ। किनकि नयाँ राजनैतिक शक्तिले विस्तारै देशभरी आफ्नो संजाल विस्तार गर्नुपर्ने हुन्छ। यसका कारण स्थानीयस्तरमा असल भावी नेता र समर्थक पहिल्याउन सजिलो हुनेछ।

अध्यक्ष तथा सांसदज्यूहरु,

रास्वपाले शिक्षा, स्वास्थ्य, न्याय, कर्मचारीतन्त्र, संघीयसंरचना, चुनावी प्रक्रिया, धर्म, सुशासन र देशले सामना गरिरहेका विवादित मुद्दाहरुका बारेमा आफ्नो स्पस्ट विचार र अडान आमजनतालाई संचार गर्न सक्नुपर्छ। अनि मात्रै यो पार्टी हाम्रो पार्टी हो भन्ने मान्यता आमजनतामा स्थापित हुनेछ। जनता र देशलाई धोका दिदा हाम्रो हालत पनि पुराना राजनैतिक दल वा लोप हुदै गरेका पार्टीको जस्तै हुनेछ भन्ने कुरो सधै मनमा राख्नुहुनेछ भन्ने विश्वास छ।

रास्वपाले मतदाता र राजनैतिक छनोटकाबीच आउने अवरोधहरुलाई हटाउन सक्नुपर्छ। जस्तैस् समानुपातिक चुनावी व्यवस्थाको दुरुपयोग कसरी रोक्नेरु एउटा सानो देशमा कर्मचारी र जनप्रतिनिधिहरुको संख्या चुस्त र दुरुस्त कसरी बनाउनेरु देशका संवैधानिक संस्थाहरुलाई बलियो र स्वायत्त कसरी बनाउनेरु चुनावी प्रक्रियामा सुधार कसरी ल्याउनेरु यी सबै लोकतन्त्रका आधारस्तम्भ हुन्। यी देशका प्रणालीगत समस्या हुन्। थिङ्कट्यांकको सहयोगमा अन्य थुप्रै समस्याहरु पनि पहिचान गरेर देशलाई सफलतापूर्वक हाक्नसक्ने प्रभावकारी राजनैतिक र प्रशासनिक मोडल जनतालाई दिन सक्नुपर्छ।

रास्वपा गठबन्धनको वैशाखी टेकेर सत्तामा गएको छ। रास्वपाका मन्त्रीहरुले कर्मचारीतन्त्र र प्रहरीप्रशासनलाई निर्देशन दिने काम गरिरहेका छन्। निर्देशन दिने कामले मात्रै पद्दति बस्दैन। नेपालमा यो संस्कार नै भएको छ। यो गठबन्धन सत्ताच्युत हुने बित्तिकै अर्को गठबन्धनले अर्कै निर्देशन दिने काम गर्छन् नै। त्यसैले कर्मचारीतन्त्र र प्रहरीप्रशासनलाई जनमुखी र परिणाममुखी बनाउने हो भने के कस्ता कानूनहरु संसदबाट पारित गर्नु आवश्यक छ भन्ने कुरोको गहन गृहकार्य गर्नु आवश्यक छ। यसले देशमा एउटा थिति बसाउन ठुलो सहयोग गर्नेछ। भविष्यमा आउने सरकारले विध्यमान कानून खारेज वा संशोधन गर्न चाहेमा पनि यसका लागि सांसदहरुले संसद वा संसदीय समितिमा खबरदारी गर्नसक्ने स्थिति रहन्छ। तसर्थ रास्वपाले निर्देशनबाट होइन कि कानून नै ल्याएर नेपालको कर्मचारीतन्त्र र प्रहरी प्रशासनलाई आमूल परिवर्तनको बाटोमा डोर्याउन सक्नुपर्छ।

राजनीतिमा छनोटको अवसर र स्वस्थ चुनावी प्रतिस्पर्धालाई विना अवरोध चल्न दिने हो भने देशको राजनीतिलाई सही बाटोमा डोर्याउन सकिन्छ। आमनेपालीहरुलाई राजनीतिमा बढी से बढी छनोटको मौका दिनु भनेको हाम्रो सभ्यता, जनजीविका र हाम्रो जीवन जिउने तौरतरिकाका लागि मैदान तयार गर्नु हो। अनि मात्रै आमजनतालाई आफुलाई वास्तविक रुपमा आफ्नो समुदाय र देशमा कसैले प्रतिनिधित्व गरिरहेको छ भन्ने आभास हुनेछ। पुराना राजनैतिक दलहरुले हाम्रो खेल विगार्न नयाँ राजनैतिक दल मैदानमा आइरहेको भन्ने आरोप लगाए पनि देशमा पहिले नै देश बिगार्ने राजनैतिक खेल अस्तित्वमा रहेको तथ्यलाई रास्वपाले बुझ्नुपर्छ। यी सबै कुरामा नयाँ राजनैतिक शक्तिले आफ्नो अर्जुनदृष्टि लगाउन सक्यो भने राजनैतिक रेसिपीका लागि चाहिने पर्याप्त इन्ग्रेडिएन्टको जोहो गर्न सफल हुनेछ।

अन्तमा, राष्ट्रिय स्वतन्त्र पार्टी आममानिसको राजनैतिक पार्टी बन्न सकोस् भन्ने शुभकामना छ।

प्रकाशित :२०७९ पुष १९, मंगलवार ०९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry