अब स्थानीय सरकारले शुन्य लागतमै मौसमी कामदार पठाउन सक्ने (निर्देशिकासहित)

Advertisement 1
श्रम मन्त्रालयले मौसमी कामदार व्यवस्थापनसम्बन्धि निर्देशिका तयार पारेको छ । श्रम मन्त्रालयले छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरेको बताएको छ ।
सरकारले केही अगाडि स्वीकृत गरेको मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ कार्यन्वयनका लागि सबै स्थानीय तहलाई पत्राचार गरिएको छ ।
Advertisement 2
नयाँ व्यवस्था अनुसार अब स्थानीय सरकारले नै मौसमी कामदार भिसामा नेपाली कामदार पठाउन सक्ने छन् ।
पछिल्लो समय कोरिया, बेलायत, रोमानिया, अस्ट्रिया, जापानलगायतका मुलुकमा नेपालीहरू मौसमी कामदारको माग हुँदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै मौसमी कामदारको निर्देशिका तयार पारिएको हो ।
Advertisement 3
नयाँ व्यवस्था अनुसार अब स्थानीय सरकारले मौसमी कामदार शून्य लागतमा नै पठाउनुपर्नेछ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/nnn.pdf”]








