निर्वाचन परिणाम एक विश्लेषण

केहि दिन अघि वि सं २०७९।०८।०४ गते संघ तथा प्रदेशको पहिलो हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचन सम्पन्न भएको छ । चुनावी अन्तिम नतिजा सार्वजनिक सँगै गाउँ ,शहर ,सामाजिक संजाल सबै तर्फ मंसिरको चिसोपनमापनि चुनावी सरगर्मी तातेको छ । विभिन्न ढंगले नतिजा विश्लेषण गर्न थालिएको छ । निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार पहिलो हुने निर्वाचन प्रणाली तर्फ नेपाली काँग्रेसले ५७ सिट जित्दै पहिलो दल ,नेकपा एमाले ४४ सिट जित्दै दोश्रो दल , माओवादी केन्द्रले १८ स्थान जित्दै तेश्रो दल बन्न सफल भएका छन् ।यस्तै नेकपा एकिकृत समाजवादीले १० सिट , जसपा , राप्रपा ,रास्वपाले ७ ।७सिट, स्वतन्त्रले ५ सिट ,लोसपा ४ सिट ,नागरिक उन्मुीक्त ३ सिट , नेमकिपा , जनमत र राष्टिय जनमोर्चाले १।१ स्थानमा उपस्थिति देखाएका छन् यस्तै प्रदेश तर्फ जम्मा ३३० सिटमा नेपाली काँग्रेसले ११२ स्थान , नेकपा एमालेले ९१ स्थान , माओवादी केन्द्र ५३ स्थान, नेकपा एकिकृत समाजवादी १५ स्थान ,स्वतन्त्र १२ स्थान ,राप्रपा र जसपा ११।११ स्थान लोसपा ९ स्थान , जनमत र नागरिक उन्मुक्ति ७।७ ,हाम्रो नेपाली र नेमकिपाले १।१ स्थानमा आफ्नो उपस्थििति जनाउन सफल भएका छन् । समानुपातिक तर्फ नेकपा एमालेले २७,९१,७३४ लोकप्रिय मतका साथ पहिलो स्थान ओगटेको छ । यस्तै नेपाली काँग्रेसले २६,६६,२६२ माओवादी केन्द्र ११,६२,९३१ ,रास्वपा ११,२४५५७ ,राप्रपा ५,८६,६५९ जसपा ४,२०,९४६ र जनमत ३,९४,५२३ लोकप्रिय मतल्याएर आफुलाई राष्टिय दलमा उभ्याएका छन् भने नेकपा एमालेबाट टुक्रिएर गएको नेकपा (एकिकृत समाजवादी) ले २,९४,४११ लोकप्रिय मत प्राप्त गरेतापनि थ्रेसहोल्ड कटाउन सकेन । (स्रोत : निर्वाचन आयोग) नतिजासँगै ठूला भनिएका दललाई नयाँ दलले चुनौति दिएका छन ।
Advertisement 1
चुनावी परिणामसँगै घातप्रतिघातका कुराहरु समेत सतहमा आएका छन । निर्वाचन परिणामले विगतका ठूला दल सशंकित भएकाछन् ।तितर वितर बनेका कम्युनिष्ठ दल मिल्नुपर्ने आवाज बुलन्द बन्न थालेको छ ।सबै आकर्षण रहेको उपत्यकाका १५ निर्वाचन क्षेत्र रहेकोमा नेपाली काँग्रेस र नेपाल स्वतन्त्र पार्टीको वर्चस्व रहेको छ । नेकपा (समाजवादी) र माओवादी केन्द्रको उपस्थिति शुन्य छ भने नेकपा एमालेको अवस्था समेत नाजुक बनेको छ । नेपाली काँग्रेसको एक समूहले गठबन्धनलाई धोका दिई नेपाल स्वतन्त्र पार्टीसँग मिलेको आरोप समेत लागेको छ ।निर्वाचन परिणाम सँगै सरकार कस्तो बन्ने , गठन कायम हुने वा नहुने भनेर चिन्ता र चासोको विषय बनेको छ । ज्गलन उबचष्बिmभलत खतरा हुन सक्ने भनेर वौद्धिक वहस पनि हुन थालेका छन् । यसै सन्दर्भमा निर्वाचन परिणाम सापेक्ष छलफल गर्न खोजिएको छ । यसमा विगतको निर्वाचन परिणाम सहित विश्लेषण , गठबन्धन कति सफल र असफल , सरकार निर्माणको सम्भावना र यसले दिएको सन्देशबारे चर्चा गर्न खोजिएको छ ।
प्रथम आम निर्वाचन २०१५
कुल सिट संख्या : १०९
विजयी दल र सिट संख्या
नेपाली काँग्रेस : १०९
गोरखा परिषद्: १९
संयुक्त प्रजातन्त्र पार्टी: ५
नेपाल कम्युनिष्ट पार्टी: ४
नेपाल प्रजा परिषद् आचार्य: २
नेपाल प्रजा परिषद् मिश्र : १
स्वतन्त्र: ४
Advertisement 2
बहुदलिय प्रजातन्त्र स्थापना पश्चातका संसदीय निर्वाचन
Advertisement 3
राजनैतिक दल : २०४८ (२०५ सिट ) २०५१ (२०५ सिट) २०५६ (२०५ सिट) २०६४(५७५ सिट) २०७० (५७५ सिट) २०७४ (२७५ सिट) २०७९ (२७५ सिट ,अनुमानित)
नेपाली काँग्रेस ११०, ८३, १११, ११०, १९८, ६३, ८९
ने क पा एमाले ६९, ८८, ७१, १०३, १७५, १२१, ७८
ने क पा माओवादी निर्वाचन प्रणालीमा सहभागी नभएको २२०, ८०, ५३, ३२
रा प्र पा २०, ११, १३, १४
राप्रपा (थापा) १
राप्रपा (चन्द) ३ एकिकरण भैसकेका
संयुक्त जनमोर्चा ९
सद्भावना पार्टी ६, ३, ५, ९
राष्टिय जनमोर्चा ५
नेकपा (प्रजातन्त्रवादी) २
मधेसी जनअधिकार फोरम अस्तित्वमा नरहेको ५,२
तमलोपा २०, ११
राप्रपा नेपाल २४
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४
रा ज पा १७
ज स पा १२
समाजवादी फोरम १६
नेपाल स्वतन्त्र पार्टी नयाँ दल निर्माण नभएको २०
स्वतन्त्र ३, ७, ५
एकिकृत समाजवादी नेकपा एमालेबाट टुक्रिएर नयाँ दल निर्माण भएको १०
नेपाल जनमत पार्टी नयाँ निर्माण भएको दल ६
अन्य २, ४, २, ६१, ६०, ५ ९
समानुपातिक तर्फ मूख्य दलको मत विशलेषण
नेपालमा समानुपातिक निर्वाचनको अभ्यास सर्वप्रथम २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रयोग भएको पाइन्छ । उक्त निर्वाचनमा पहिलो हुने नेकपा माओवादीले समानुपातिक तर्फ करिब ३०% मत प्राप्त गरि विजय गरेको थियो । दोश्रो र तेश्रो विजयी दल नेपाली काँग्रेस र एमालेले समानुपातिक तर्फ करिब २१ % मत प्राप्त गरि दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए । दोश्रो संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ पहिलो हुने दल नेपाली काँग्रेसले समानुपातिक तर्फ २७.१६ % नेकपा एमालेले २५.०७ % एनेकपा माओवादीले १५.२१ % ,राप्रपा नेपालले ६.६ % मत प्राप्त गर्दै क्रमश ः ९१ ,८४, ५४ र २४ सिटमा विजयी भएका थिए । २०७४ को संघिय प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाममा पहिलो हुने दल नेकपा एमालेले ३७.१ % प्राप्त गरी ४१ सिट ,नेपाली काँग्रेसले ३६.६ % गरी ४० सिट माओवादी केन्द्रले १५.३ % प्राप्त गरी १७ सिट राष्टिय जनता पार्टीले ५.५ % प्राप्त गरी ६ सिट र संघीय समाजवादी फोरमले ५.५ % प्राप्त गरी ६ सिट प्राप्त गरेको थियो । भने हाल सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ नेकपा एमालेले करिब ३०.९१% नेपाली काँग्रेसले करिब २९.०९ % माओवादी केन्द्र १२.६८ % राष्टिय स्वतन्त्र पार्टीले करिब १२.०९ % मत , राप्रपाले करिब ६.३५ % प्राप्त गरेको पाइन्छ । यस किसिमले विगतका सबैजसो दलको मतप्रतिशत घट्नुमा नयाँ दलको उदय भएको पाइन्छ ।
निर्वाचन परिणाम विश्लेषण गर्दा कुनै पनि दल लगातार ठूलो दल भएको पाइदैँन । २०४८ को संसदीय निर्वाचनमा नेपाली काँग्रेस ११० सिट प्राप्त गरी बहुमत प्राप्त पहिलो दल बनेकोमा नेकपा एमाले ८३ सिटका साथ दोश्रो ठूलो दल बनेको पाइन्छ । यस्तै २०५१ को संसदीय निर्वाचनमा ८८सिट प्राप्त गरी नेकपा एमाले बहुमत प्राप्त पहिलो दल बनेकोमा नेपालीे ८३ सिटका साथ दोश्रो ठूलो दल बनेको पाइन्छ । यस्तै २०५६ को संसदीय निर्वाचनमा नेपाली काँग्रेस १११ सिट प्राप्त गरी बहुमत प्राप्त पहिलो दल बनेकोमा नेकपा एमाले ७१ सिटका साथ दोश्रो ठूलो दल बनेको पाइन्छ । २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा नेकपा माओवादी २२० सिटका साथ पहिलो स्थान र नेपाली काँग्रेसले ११० सिटका साथ दोश्रो स्थान हासिल गरेको पाइन्छ । संविधान सभा दोश्रो निर्वाचनमा नेपाली काँग्रेस १९८ सिट प्राप्त गरी बहुमत प्राप्त पहिलो दल बनेकोमा नेकपा एमाले १७५ सिटका साथ दोश्रो ठूलो दल बनेको पाइन्छ । २०७४ को संसदीय निर्वाचनमा चनमा १२१सिट प्राप्त गरी नेकपा एमाले बहुमत प्राप्त पहिलो दल बनेकोमा नेपालीे ६३ सिटका साथ दोश्रो ठूलो दल बनेको पाइन्छ । यस्तै हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस पहिलो र नेकपा एमाले दोश्रो ठूलो दल बन्ने आधार देखिएको छ । यसरी हेर्दा विसं २०६४ को निर्वाचन बाहेक नेपाली काँग्रेस र नेकपा एमालेलाई मतदाताले आलोपालो पहिलो र दोश्रो दल बनाएका छन् ।
गठबन्धन कति सफल ?
चुनावी नतिजासँगै गठबन्धनलाई नेपाली काँग्रेसले धोका दिएको आफ्नै दललाई भोट नदिएको भनेर वहस हुन थालेको छ । माओवादी केन्द्र र ने क पा एमालेको चिसिएको सम्बन्ध सुधार्न टेलिफोन वार्ता भएको समाचार पनि आएको छ । नयाँ शिराबाट नयाँ समिकरण बन्न सक्ने सम्भावनाका ढोका पनि खुलेका छन् । झापा विद्रोह देखि हाल सम्मका कम्युनिष्ठ मिल्नुपर्ने विचार सतहमा आएका छन् ।सत्ता गठबन्धन र विपक्षिले समेत निश्चित स्थानमा तालमेल गरेर चुनाव लडेका थिए । यसमा कति उपयुक्त भए वा भएन धोकाको कति गुन्जायस भयो वा नागरिकले दलिय ह्विप अनुसार मतदान गरे वा गरेनन भन्ने जान्न सर्वप्रथम चुनावी परिणामको सुक्ष्म विश्लेषण जरुरी छ । यसका निम्ति मूख्य चुनावी सरगर्मी भएका क्षेत्रको चर्चा गरिएको छ ।
१) नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवाले २५,५३४ मतका साथ विजयी भए भने निकटतम प्रतिद्धन्दि स्वतन्त्रबाट सागर ढकालले १३,०४२ मत ल्याए । जहाँ संघमा नेकपा एमालेले उम्मेदवारी दिएन । सोहि क्षेत्रमा प्रदेश तर्फ क क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्र र ख क्षेत्रमा नेपाली काँग्रेसले उम्मेदवारी दिएको थियो । जसमा माओवादी केन्द्र उम्मेदवार खगराज भट्ट १२,११२ मतका साथ निर्वाचित हुँदा ख क्षेत्रमा नेपाली काँग्रेस उम्मेदवार गोविन्द राज बोहरा पराजित भए । उनको स्थानमा स्वतन्त्र उम्मेदवार तारा प्रसाद जोशीले ११,१६२ मत ल्याएर विजयी भए । जहाँ गठबन्धनले प्रदेश सभा तर्फ पाएको मत २२,८४९ रहेको छ ।
२) डोल्पा जिल्लामा नेकपा समाजवादीका उम्मेदवार गठबन्धनका साझा उम्मेदवार हुन् । उनले ११,२२५ ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्दि नेकपा एमाले उम्मेदवारले ५,४९८ मत प्राप्त गरे भने प्रदेशसभा तर्फ क क्षेत्रमा नेकपा एमाले उम्मेदवार ४,७४३ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्धन्दि नेपाली काँग्रेसका उम्मेदवारको २,४६५ र ख क्षेत्रमा माओवादी केन्द्र ५,२९५ मतका साथ विजयी बन्दा नेकपा एमाले उम्मेदवार ४,५९५ मतका साथ निकटतम प्रतिद्धन्दि बने ।
३ं) यस निर्वाचनमा नेपाल स्वतन्त्र पार्टीको शहरी क्षेत्रमा लहर आएको छ । नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट चुनाव लडेको र माओवादी केन्द्र अध्यक्ष्य पुष्पकमल दहाल चुनाव लड्ने घोषणा गरेकाले बढी चर्चा हुनु स्वभाविक मानिन्छ । चितवन ३ मा नेपाली काँग्रेसका बागी उम्मेदवार दिनेश कोइराला र नेकपा एमाले गठबन्धन , माओवादी र नेपाली काँग्रेस गठबन्धन , नेपाल स्वतन्त्र पार्टीको छुट्टै शक्तिका विच राप्रपा उम्मेदवार विक्रम पाण्डे करिब १०,०००मतान्तरका साथ विजयी बनेका छन ् । यसभन्दा अघिको निर्वाचनमा (२०७४) मा नेपाली काँग्रेससँग तालमेल गर्दा करिब ७,००० मतले पराजित हुनु परेको थियो । तालमेलले पराजय भोगेका पाण्डेले अरुको गठबन्धन हुँदा आफु एक्लै हुँदा समेत प्रतिष्पर्धिलाई पराजित गरे ।
४) बाँके निर्वाचन क्षेत्र २ मा संघतर्फ सत्तापक्ष गठबन्धन रहेको र प्रदेशमा मित्रवत् प्रतिष्पर्धामा रहेको छ भने राप्रपा र एमालेको यस क्षेत्रमा संघ तथा प्रदेशमा गठबन्धन रहेको छ । जसपा एक्लै चुनाव लडेको छ । संघ तर्फ राप्रपाका उम्मेदवार धवलशमशेर जवराले २९,५७७ मतका साथ विजयी बन्दा निकटतम प्रतिद्धन्दि मोहम्मद स्तियाक राईले २३,५२० मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सुदिप नरसिंहले ४,४०३ मत ल्याए । जहाँ प्रदेश तर्फ क र ख निर्वाचन क्षेत्रमा क्रमश ः ११,५०४ र ८,२४६ मतका साथ विजयी भएको देखिन्छ भने नेपाली काँग्रेसले उक्त क्षेत्रमा पाएको मत क्रमशः ८,७३१ र ६,२४७ छ ।
५) कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्रमा सत्तागठबन्धनले गठबन्धन गरेकोमा ११ क्षेत्रमा विजय भएको छ भने जुम्ला जिल्लाबाट राप्रपाबाट उम्मेदवार भएका ज्ञानेन्द्र शाहीले करिब कूल सदर मत मध्ये करिब ५० प्रतिशत मत प्राप्त गरी विजय भएका थिए ।
६) समानुपातिक तर्फ थे्रसहोल्ड कटाउन नसकेको एकिकृत समाजवादीले प्रत्यक्ष्य तर्फ उम्मेदवार दिएकोमा करिब ५० प्रतिशत स्थानमा विजयी भएको छ ।
७ ) ठूला दलहरुको पपुलर मत घटेको पाइन्छ भने समानुपातिक तर्फ पहिलो दल ने क पा एमाले प्रत्यक्ष्य तर्फ नेपाली काँग्रेस भन्दा १३ सिट कम ल्याएर दोश्रो दलमा खुम्चिन पुग्यो ।
८) सबै दलमा युवाको वाहुल्यता बढेको पाइन्छ । नेपाल स्वतन्त्र पार्टीबाट २७ वर्षिय सोबिता गौतम , नेपाली काँग्रेसका २९ वर्षिय योगेश गौचन , राप्रपाका ३० वर्षे ज्ञानेन्द्र शाही लगायतले शानदार विजय हासिल गरेका छन् । यस्तै सबैजसो दलका अध्यक्ष्य वा सभापति ठूलो मतान्तरणका साथ विजय हासिल गरेका छन् भने अघिल्लो संसदिय कार्यकालका अधिकाँश मन्त्रि पराजित भएका छन् ।
के अहिलेको संसदमा को खतरा देखिन्छ त ?
संसदीय शासन प्रणाली भएको र लोकतन्त्रको संस्थागत विकास नभएको मूलुकको मूख्य समस्या जगलन उबचष्बिmभलत देखिन्छ । यसै समस्या सम्बोधन गर्न नेपालको संविधानले २ वर्ष सम्म अविश्वास प्रस्ताव राख्न नपाउने तथा अविश्वास प्रस्ताव पास हुन नसकेको खण्डमा अर्को १ वर्ष सम्म अविश्वास प्रस्ताव राख्न नसकिने अभ्यास सहित सरकारको टिकाउसहितको ब्यवस्था गरिएको छ । तर राजनीतिक ब्यवस्था संस्थागत हुन नसक्दा विगतका अभ्यासले समस्या पर्ने देखिन्छ । बलियो सरकार रहदा समेत सरकार टिकाउ नभएका घटना छन् । नेपालले बहुदलिय प्रतिष्पर्धात्मक शासन ब्यवस्था अवलम्बन गरेको , धेरै दलको उपस्थिति अनि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेकोले कुनैपनि दलको बहुमत नआउनु स्वभाविक मानिन्छ । यसका निम्ति विगतको घटनाको विश्लेषण गर्नु जरुरी छ ।
नेपालको प्रथम आम निर्वाचन वि सं २०१५ मा भएकोमा नेपाली काँग्रेसले दुइतिहाई बहुमत ल्याएको भएतापनि तत्कालिन राजा महेन्द्रले धारा ५५ प्रयोग गरी सरकार अपदस्त गरेका थिए । २०४८ को निर्वाचनमा नेपाली काँग्रेसको मात्रै एकल बहुमत ल्याएकोमा वि सं २०५० मा तत्कालीन प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाले मध्यावधि घोषणा गरि संसद विघटन गरेका थिए । वि सं २०५६ को निर्वाचनमा समेत नेपाली काँग्रेसले बहुमत ल्याएकोमा सरकार गठनमा विवाद भै नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) मा विभाजित हुन पुग्यो र तत्कालीन प्रधानमन्त्रि शेरबहादुर देउवाले संसद विघटन गरे । यस्तै वि सं २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टीले दुईतिहाई मत सहितको सरकार गठन गरेतापनि आपसि आरोप प्रत्यारोपको शितलहर अनि गुटबन्दि चल्यो अन्ततः नेकपा एमालेबाट टुक्रिएर नेकपा समाजवादी नामको नयाँ दलको निर्माण भयो । आपसी कलहले तत्कालीन प्रधानमन्त्रि खड्ग प्रसाद ओलीले २ पटक संसद विघटनको प्रयास गरेतापनि सर्वोच्च अदालतले गैरकानुनी भन्दै पुनः स्थापना गरिदिएको छ । चाहे बहुमतको सरकार होस् वा अल्पमतको सरकार आफ्नो कार्यकाल पूरा गर्न सकेको देखिदैँन । यी समस्याबाट ब्याप्त नागरिकले यस पटकको निर्वाचनमा सबै दलको सम्मानजनक उपस्थिति भएको देखिन्छ । अर्को तर्फ बलियो सरकार हुनु मात्र सफलता नभै लोकतान्त्रिक संस्थाको सवलिकरण हुनु र नागरिक अधिकार ग्यारेन्टी हुनु महत्वपूर्ण कुरा हो । अघिल्लो निर्वाचनमा प्रमूख प्रतिपक्ष दलको कमजोर उपस्थितिको कारण संवैधानिक निकाय पदाधिकारी सिफारिस ,सर्वोच्च अदालत न्यायाधिस र प्रधानन्यायाधिस सिफारिस , कानुन निर्माणमा सशक्त भूमिका खेल्न नसक्दा त्यस्को प्रभाव हालसम्म समेत प्रभाव पारेकोले प्रतिपक्ष दलसमेत सत्तापक्षजत्तिकै बलियो हुनुपर्ने आवश्यकता देखिएको छ । प्रतिपक्ष दलले धबतअज मयन को प्रभावकारी भूमिका खेल्न वलिदान सापेक्ष हुने गरी जुनसुकै दलको नेतृत्व भएतापनि संसदीय समिकरण बन्ने देखिन्छ जसको कारण सत्तापक्ष गलत क्रियाकलाप गर्न डराउनुपर्ने र निरंकुश हुनबाट रोक्ने देखिन्छ । समस्या अस्थिर सरकारको भएर नभै शासन प्रणालीको अस्थायी भएर पनि हो । सार्वजनिक प्रशासनका कार्यमा राजनीति र प्रशासनको सीमा रेखा कोर्दै सरकार परिवर्तनसँगै उच्च स्तरका कर्मचारी सरुवा , कर्मचारीले राजनीति गर्न नपाउने भएतापनि दल विभाजनसँगै कर्मचारी संगठन विभाजन हुने प्रवृत्ति अन्त्य हुनु जरुरी छ ।
के कम्युनिष्ठ गठबन्धनको सम्भावना छ ?
निर्वाचनको प्रारस्भिक नतिजामा कम्युनिष्ठको एकल सरकार बन्न सक्ने सम्भावना देखिएको बेला दोश्रो तहका कार्यकर्ताबिच चासो भएको हो । माओवादी केन्द्रले सरकार गठनमा सबै विकल्प खुला गर्ने निर्णय समेत गरेको थियो । अन्तिम निर्वाचन सार्वजनिक हुँदा कम्युनिष्ठ मात्र मिल्दा बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले तथा सत्ता गठबन्धनबाट सरकार बन्ने सम्भावना रहेको , नेपाली काँग्रेस संसदको पहिलो दल रहेको कारण हाललाई वामपन्थि गठबन्धनको सरकार बन्ने सम्भावना झिनो देखिन्छ ।
नयाँ दल उदय काँग्रेसका निम्ति फलिफाप की हानिकारक ?
दलभित्रको आन्तरिक विवादका बाबजुत पनि अन्त्यमा ५ दलिय गठबन्धन गर्दै निर्वाचनमा होमिएको थियो । गठबन्धनले आशातित मत प्राप्त गर्न नसकेतापनि काँग्रेस पहिलो दल बनेको छ । काँग्रेसले गठबन्धनमा होमिनुको मूख्य कारण वाम गठबन्धन हुन नदिनु हो । वि सं २०७४ को पहिलो हुने निर्वाचन परिणाममा २३ सिटमा खुम्चिएर प्रत्यक्ष्य तर्फ तेश्रो दल बन्नु परेको थियो । अहिलेको नयाँ दलको उदयमा लोकतन्त्रवादी दलको वर्चस्व बढेको छ । पहिले कम्युनिष्ठको संसदमा जहिलेपनि दुई तिहाई नजिक रहनेमा अहिले वहुमत नपुग्दा वाम एकिकरण हुन्छ कि भनेर तर्फ डराउनुपर्ने स्थिति छैन । वाम एकिकरण भएमा लोकतान्त्रिक शक्ति उत्तिकै चुनौति दिने गरी उदायका छन् । भने अर्को तर्फ लोकतान्त्रिक मत काट्न सक्ने तथा लोकतान्त्रिक दल भएतापनि एजेण्डामा तालमेल नहुँदा संशक्तित हुनुपर्ने देखिन्छ । युवा पुस्ता आकर्षित गर्न नसकेको खण्डमा लोकतान्त्रिक मत जोगाउन विगतका गल्तिबाट सुध्रिएर अघि बढ्नुपर्ने तर्फ सजग बनाएको छ । दलभित्रकै युवा पुस्तालाई अगाडि बढाउन नसकेमा काँग्रेसको मत नयाँदलमा स्थानान्तरण हुने सम्भावना यी सबै ःबकक दबकभम दल भएकाले प्रवल हुन्छ ।
कम्युनिष्ठ मतमा ओरालो किन ?
वि सं २०७४ को निर्वाचनमा मूलुक होमिदा कम्युनिष्ठको दुई तिहाइका नारा सहित निर्वाचनमा होमिएका थिए । केहि समयपछि नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकिकरण भयो । बलियो सरकार , स्थिर राजनीति एवं सरकारको जनअपेक्षा थियो । तर विडम्वना कमजोर प्रतिपक्षि दल भएको अवस्थामा समेत दल भित्र नै प्रतिपक्ष उदाय । यति ,ओम्नी ,वालुवाटार ,कोभिड काण्डमा आरोप प्रत्यारोप हुन थाल्यो । दलहरु विभाजनको संघारमा आए । पटक पटक संसद विघटन भयो । प्रतिपक्षिलाई सरकारको नेतृत्वको आह्वान भयो । त्यसले जनमत घट्यो । आफूविचको झगडाको फाइदा गैरवामपन्थि दललाई भयो । समानुपातिक तर्फ पपुलर मतमा नेकपा एमाले पहिलो दल बन्न सफल भएको र सोहि दलबाट छुट्टिएको एकिकृत समाजवादीले समानुपातिक तर्फ थे्रसहोल्डमा कटाउन नसकेतापनि पहिलो हुने निर्वाचन प्रणालीमा मतदाताको मनोविज्ञानमा प्रभाव पारेको देखिन्छ । माओवादी केन्द्रले संगठन विस्तार गर्न भन्दा गठबन्धनमा बढी विश्वास गरेकोमा गठबन्धनलाई मतदाताले अस्विकार गरिदिए ।
नेपाल स्वतन्त्र पार्टी र राप्रपा प्रति जनलहर ः निर्वाचन आयोगले नो भोटको विकल्पको परिकल्पना नगरेको हैन तर कार्यान्वायन हुन सकेन । नागरिक परम्परागत दलसँग असन्तुष्ट थिए । परम्परागत मतदाता आफुले हालिरहेको मत चिन्हमा मत हाल्न खोजेका थिए । उक्त विकल्प नरहेपछि नयाँ दलमा मतदान गर्ने रुपमा नेपाल स्वतन्त्र पार्टी र राप्रपा प्रति नागरिक चासो बढ्न थाल्यो । विगतमा विभिन्न अभियान्ता भएर हिडेका , पेशामा दखल भएका ब्यक्ति राजनीतिमा होमिएका , नो नट अगेनको प्रभाव , नागरिकका भावनालाई आत्मसाथ अनि युवा वर्गको परिवर्तन चाहना एवं आक्रोश स्वरुप जनलहर देखिएको हो ।
सत्ता समिकरण कस्तो बन्ला त ?
मतगणनाको मध्यान्तरमा एमाले पहिलो दल बन्ने र सत्ता गठबन्धनको बहुमत नपुग्ने देखिएपछि गोर्खा २ बाट निर्वाचित माओबादी केन्द्र अध्यक्ष्य पुष्पकमल दहालले सहकार्यमा जाने सन्देश दिएका थिए । तर साघुँरोभएपनि बहुमत पुग्ने र नेकपा एमाले दोश्रो दल बन्ने निश्चित भएपनि एमालेको सक्रियता मत्थर बनेको छ । वर्तमान गठबन्धन रहेसम्म एमालेले सरकार निर्माणमा अग्रसरता नराख्ने तर विकासका निम्ति काग्रेसले अग्रसरता देखाउनुपर्ने एमाले उपमहासचिव विष्णु रिमालको तर्क छ । झिनो बहुमत ल्याएर सरकार गठन गरेर अस्थिरता लैजानु भन्दा एमालेसँगको सहकार्यका जोड दिने नेपाली काँग्रेसका संस्थानपन इतरको तर्क रहेको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेको परिस्थितिमा एमालेसँग सहकार्य गर्न कठिन हुने तथा माओवादीलाई धोका दिन नहुने पक्षमा छन् । कुनै आश्चार्य नभएमा अहिलेको सत्ता गठबन्धनभित्रबाट सरकार गठन हुनेछ भने कतिपय साना दल समेत सरकार निर्माणमा सहभागी हुने संसदीय अंकगणितले प्रष्ट देखाउँछ ।
निर्वाचन परिणामले दिएको सन्देश
* स्थानीय तहको निर्वाचनमा ६८ प्रतिशत मतदान भएकोमा अहिलेको निर्वाचनमा करिब ६१ प्रतिशत मतदान भएको छ । उम्मेदवार र दलका कार्यकर्ता बाहेक निर्वाचनमा खासै उत्साह देखिएन । दलप्रति असन्तुष्टिमा जान मौन दवाव भनेर चर्चा हुने गरेको छ । यस्तै उपलब्धिविहिन दलिय सिन्डिकेटको विरोधलाई समेत दर्शाएको छ ।
* एक मधेस एक प्रदेश अनि संघियता विरोधि एवं प्रदेश खारेज गर्नुपर्छ भन्ने ,धर्मनिरपेक्ष र धर्मसापेक्ष हिन्दु मूलुक भन्नेको समेतको वेजोड उपस्थितिले संसदमा सवैको समानुपातिक उपस्थितिले विचारको बहस सडकमा हैन सदनमा गर अनि सधैँ अभियान्ता भन्दै सार्वजनिक निकायमा धाउनेलाई नीति निर्माणको साँचो बुझाएर कार्यको परिक्षण गर्न खोजेको पाइन्छ ।
* कतिपयले प्रदेशमा मतपत्र नखसाल्ने , खाली मतपत्र खसाल्ने , प्रदेश सभा खारेज गर्नुपर्ने एजेण्डामा निर्वाचनमा होमिएका दल नेपाल स्वतन्त्र पार्टी र राप्रपा को समानुपातिक मत करिब १८ प्रतिशत आउनुले प्रदेश सभाप्रति नागरिक असन्तुष्टिको प्रतिनिधित्व गर्दछ । भने शहरी क्षेत्रमा एकछत्र राज गरेका दल भन्दा नयाँ दलमा आकर्षण देखियो ।
* समानुपातिक मतपरिणामको कतिपयदलको आन्तरिक विश्लेषणमा समानुपातिकमा परिवारवाद र सम्भ्रान्त वर्गको पहुँच समानुपातिक सुचिमा रहेको भनि विश्लेषण गरिन्छ । समानुपातिक निर्वाचन प्रणाली अनुदानमा आधारित हैन वास्तविक लक्षित वर्गमा पुग्ने गरी कार्यान्वायन गर्न र नागरिक सचेत भएको झझल्को दिन्छ ।
* लोकतान्त्रिक प्रणालीमा नागरिक सार्वभौम रहन्छन् । निर्वाचन प्रणाली गोप्यमतदानमा आधारित हुन्छ । कसैलेपनि निर्वाचन चिन्ह सबैले देख्ने गरी संकेत गर्न पाउदैन ।तर दलभित्र अन्तरघात भएर पराजित भएको भनेर आवाज घन्किन तथा अर्काको चुनाव चिन्हमा दलिय ह्विप वेगर हालेको ,दलले भनेको उम्मेदरवारलाई नहाली अर्को उम्मेदवारलाई हालेको भनि दलभित्र शित हुन थालेको छ । तर यसो गर्नु मतदाताको मतदान अधिकार कुण्ठित पार्नु हो । सिद्धान्तविहिन ह्विप केहि कार्यकर्ताबाहेकले अस्विकार गरेको अवस्थामा वहसमा ल्याउँदा घाटा हुने देखिन्छ ।
* सबै दलका राम्रा उम्मेदवार विजयी भएका नराम्रा पराजित भएका (अपवाद बाहेक ) ले दललाई अस्विकार नगरेको हैन । जति नो नट अगेनको हावा फैलाएपनि दलको नेतृत्वप्रतिको मोहले प्रभाव पारेन । सुध्रिन संकेत गरेको ,विकल्प खोजेको , पुराना दलको अस्तित्व समाप्त पार्न खोजेको नभै सुधार्न पूरा नभै केहि संकेत गरेको पाइन्छ ।
* अपवाद बाहेक सबैदलभित्रका राम्रा नेताले विजय गरेका छन् र नराम्राले चुनाव हारेका छन् ।मतदाताले पहिलो हुने निर्वाचन प्रणालीमा दल भन्दा दलभित्रका उत्कृष्ठ उम्मेदवार छनौट गरेका छन ।
* युवा पुस्ता पुराना दलका पुराना नेताबाट परिवर्तन सम्भव नहुने वर्तमान नागरिक अपेक्षा पूरा हुन नसक्ने भएकाले युवा उम्मेदवार र नयाँ दलमा आकर्षित भएको पाइएको छ ।
* मत दलका नेताको सिन्डिकेट र ह्विपमा हैन मतदातासँग रहेको उनीहरुले भनेको कारण मत स्थान्तरण नभै नागरिकले सहि सार्वभौम प्रयोग गरेको र दललाई सच्चिन नो भोट को रुपमा नयाँ दल र स्वतन्त्रसँग आकर्षित भएको पाइयो ।
* समानुपातिकको मतपरिणाम हेर्दा नेपाली काँग्रेस ,नेकपा एमाले र माओवादी केन्द्रको मतप्रतिशत घटेको पाइएको छ । संगठन भन्दा गठबन्धनमा बढी विश्वास गर्ने र विगतको परिणाम हेर्ने गरेकोले यस्तो हुन गएको हो ।
* पञ्चायति दल भनेर चिनिने राप्रपामा सहजै महाअधिवेशनमार्फत पुस्तान्तरण भएको र नेपालका कम्युनिष्ठ दलमा नेतृत्व हस्तान्तरण समस्या देखिने महाअधिवेशन समेत नाम मात्रको हुने गरेको एवं प्रदेशको संरचनाले नागरिकले भारको महसुस गरेको र सो मुद्या उक्त दलले आत्मसाथ गर्दा विगतको तुलनामा राम्रो परिणाम आएको पाइन्छ ।
* खासगरी काठकाडौँ उपत्यका र शहरी क्षेत्रमा कुनै पनि दलका स्थायी मतदाता नरहेको जुन बेला जस्तो लहर आएको सोही बमोजिमको मतदान भएको पाइएकोछ । उक्त क्षेत्रमा राजनीतिक दलले आफ्ना एजेण्डा स्थापना गर्न असफल रहे भने ग्रामीण वस्तीमा परम्परागत मतदाताको वर्चस्व रहेको पाइएको छ ।
* संगठन बलियो भएको र झिनो मतान्तरले पराजय हुन सक्ने स्थानमा गठबन्धनको प्रभाव देखिएको छ
* मतदाताको चाहना विपरित गरेमा जुनसुकै दलको जुनसुकै बेला जनलहर आएपनि समाप्त हुने देखिएको नागरिक आकांक्षाबमोजिम अघि बढ्न जरुरी देखिएको छ ।
विगतको निर्वाचन परिणाम अनुसार विश्लेषण गर्दा नागरिक आवाज संवोधन गर्न नसक्दा पुराना दल कमजोर र नयाँ दलको उदय भएको पाइन्छ । एकछिनको निर्वाचनको लहरले मतपरिणामलाई समेत प्रभावित गरेको पाइन्छ । नागरिकको मत स्थिर नभएको कारण दलले गलत कार्य गरेमा सजाय दिन मतदाता सक्षम भएको देखिन्छ । हाल उदय भएका नयाँ दलले राम्रो कार्य गर्न सकेमा आगामी दिनमा यिनीहरुको राम्रो उपस्थिति हुने र पुराना दलको पुराना कृयाकलाप दोहोरिएमा प्रमूख शक्तिमा आउन सक्ने नत्र प्रजापरिषद् जस्तै समाप्त हुने वा पुराना दलमा समाहित हुनुपर्ने वा युवाको झुकाव पुराना दलमा नै रहने अग्नि परीक्षा रहेको यस निर्वाचन देखिएको छ ।
( लेखक आचार्यले त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा एम फिल पि एच डी गरिरहेका छन् ।)