जनार्दनमाथि छानबिन गर्न बनेको समितिले आज सहसचिवहरूसँग सोधपुछ गर्ने

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले अर्थ मन्त्रालयका सहसचिव,सचिवहरुसँग सोधपुछ गर्ने भएको छ । समितिको आज बस्ने बैठकले अर्थका सहसचिव भुपाल बरालसँग सोधपुछ गर्न लागेको हो ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेर राजीनामा दिएका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको ११ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिमा जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यतामा सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, देव गुरूङ, शक्ति बस्नेत, मानबहादुर बिक, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव लगायतका सदस्यहरु रहेका छन् । सो समितिले अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बरालका साथै सबै सहसचिवहरूसँग समितिले सोधपुछ गर्नेछ ।
समितिले अर्थसचिव मधु मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, मन्त्रालयको बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजश्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाउने निर्णय गरेको छ ।
Advertisement 1
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरेको थियो । शनिबार नै आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र राजस्व सचिव, अर्थसचिवसँग पनि छलफल गरिसकेको छ।