काठमाडौं बारमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी

काठमाडौं जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।
नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।
Advertisement 1
शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।
खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।
यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए ।
महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।
प्रकाशित :२०७९ श्रावण १, आईतवार १०:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%