कोभिड नियन्त्रणमा साढे ९२ अर्ब खर्च, ६० अर्बको हिसाब छैन

कोभिड नियन्त्रणका लागि आर्थिक वर्ष ०७६-७७ र ०७७-७८ मा राज्यकोषबाट र वैदेशिक सहायता गरेर साढे ९२ अर्ब खर्च भएको सरकारी तथ्यांक छ । तर, झन्डै ६० अर्बको हिसाब नै छैन । यसमा महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ ।

Advertisement 1

महालेखाले कोभिड रोकथाम, उपचार र नियन्त्रणमा भएको खर्चको विशेष लेखापरीक्षण गरेको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाइएको प्रतिवेदनमा कोभिड व्यवस्थापनका लागि गरिएको खर्चबारे कैयौँ प्रश्न उठाइएका छन् ।

प्रतिवेदनअनुसार ती दुई वर्षमा कोभिड नियन्त्रणका लागि तीन तहका सरकारबाट ३२ अर्ब ६२ करोड १८ लाख र वैदेशिक सहायतामा प्राप्त ५९ अर्ब ८९ करोड खर्च गरिएको थियो । तर, वैदेशिक सहायता खर्च गरिएको हिसाब नै छैन भने सरकारी ढुकुटीबाट गरिएको खर्च पनि पारदर्शी छैन ।

Advertisement 2

दुई वर्षमा कोभिड व्यवस्थापनका लागि सरकारले विभिन्न ६४ मित्रराष्ट्र तथा दातृ निकायसमेतसँग वैदेशिक सहायताको सम्झौता गरेको थियो । प्रतिबद्धता जनाएको रकममध्ये कोभिड नियन्त्रणका लागि ५९ अर्ब ८९ करोड सहायता प्राप्त भएको अर्थ मन्त्रालयको वैदेशिक सहायता व्यवस्थापन प्रणालीबाट देखिन्छ ।

तर, लेखापरीक्षणका लागि महालेखाले हिसाब माग्दा सरकारले उपलब्ध नै गराएन । जसका कारण त्यति ठूलो रकम लेखा प्रणालीमा आउन सकेको छैन ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित :२०७९ असार ३०, बिहीबार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry