सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्चबाट बदर

काठमाडौं। सरकारले सरकारी विज्ञापन वितरणका लागि लागू गरेको एकद्वार प्रणाली सर्वोच्च अदालतले बदर गरेको छ।
Advertisement 1
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उक्त नीतिगत व्यवस्थालाई खारेज गर्ने आदेश दिएको हो।
सरकारले सरकारी निकायबाट प्रवाह हुने विज्ञापनलाई एउटै प्रणालीमार्फत व्यवस्थापन तथा वितरण गर्ने उद्देश्यले एकद्वार प्रणाली लागू गरेको थियो। तर, उक्त व्यवस्थाविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन गर्न नमिल्ने ठहर गरेको हो।
Advertisement 2
अदालतको आदेशसँगै सरकारी विज्ञापन प्रकाशन तथा वितरणसम्बन्धी हालसम्म लागू रहेको एकद्वार प्रणाली स्वतः निष्क्रिय हुने भएको छ। यसले सरकारी विज्ञापन वितरणको विद्यमान व्यवस्थामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सर्वोच्च अदालतको आदेशको पूर्णपाठ सार्वजनिक भएपछि निर्णयको कानुनी आधार, सरकारका लागि जारी निर्देशन तथा आगामी कार्यान्वयन प्रक्रियाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।








