२३ वर्षपछि थपिए ६६० नयाँ भन्सार एजेन्ट (नामावलीसहित)

Advertisement 1
भन्सार विभागले झण्डै २३ बर्षपछि नयाँ भन्सार एजेन्ट पाएको छ। पछिल्लो पटक ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनोट भएका छन्। लोक सेवा आयोगको परीक्षाको माध्यमद्वारा उनीहरू भन्सार एजेन्टका रुपमा छानिएका हुन्।
भन्सार एजेण्ठ बन्नका लागि बहालवाला कर्मचारीहरु समेत परीक्षामा सहभागी रहेका थिए । भन्सार विभागले छ सय ६० एजेन्टका लागि विज्ञापन खोलेकोमा नौ हजारभन्दा बढीले आवेदन दिएका थिए । तीमध्येबाट लिखित परीक्षामा सम्मिलित पाँच हजार छ सय १५ मध्ये अन्तर्वार्ताका लागि आठ सय ६० जना छानिएका थिए । उनीहरुको अन्तर्वार्ताको मिति आगामी आजदेखि असार १३ गतेसम्म तोकिएको थियो । जस्को नतिजा हिजो सार्वजनिक भएको हो ।
अन्तर्वार्ताका लागि छनौट भएकामध्ये झण्डै डेढ सय बढी बहालवाला खरिदार, नासुदेखि अधिकृत तहसम्मका कर्मचारी रहेको भेटिएसँगै अर्थ मन्त्रालयले बहालवाला कर्मचारी एजेण्ट बन्न नपाउने निर्णय गरेको हो ।
Advertisement 2
भन्सार ऐन २०६४ ले कुनै आयातरनिर्यात हुने मालवस्तु भन्सार कार्यालयबाट वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि सम्बन्धित आयात÷निर्यातकर्ताको प्रतिनिधि राख्ने व्यवस्था गरेको छ । एजेन्टले सामान आयात तथा निर्यात गर्दा एउटा सवारी साधनको काम गरेवापत कम्तिमा दुई हजारदेखि २० हजार रुपैयाँसम्म कमिसन लिने गर्छन् । यसका अतिरिक्त कमाइ भनेको सवारी साधनमा आयात तथा निर्यात भइरहेको वस्तुको परिमाण घोषणा गर्दा धेरै सामानलाई कम देखाएर कुस्त आर्जन गर्न सकिने गतिलो माध्यम त्यहिँभित्र रहेको बताइन्छ ।
यसअघि भन्सार विभागले २०५६ सालमा परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० मा सीमित भएको छ ।
Advertisement 3