यस्ता छन् उत्तरगयाँ एमालेका १८ बुँदे प्रतिवद्धता : प्रथामिकतामा शिक्षा,स्वास्थ्य र सडक
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलदेखि उम्मेद्धारहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसैबीच ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला रसुवाको उत्तरगया गाउँपालिकाबाट एमालेले यसपटक केन्द्रीय सदस्यलाई गाउँपालिका अध्यक्ष उठाएको छ। एमालेले सो पालिकाबाट नेकपा एमालेको केन्द्रीय सदस्य माधव अर्याललाई सो पालिकाबाट अध्यक्षमा उम्मेदवार बनाएसँगै थप चासो र चर्चाका साथ उत्तरगयालाई हेरिएको छ । अर्याल एमालेभित्रका इमानदार र स्वच्छ छविका नेताका रुपमा परिचित छन ।
Advertisement 1
यस्तै उपाध्यक्षमा हालकै उपाध्यक्ष चमेली गुरुङले निरन्तरता दिएको छ । उनीहरुले आज आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । जहाँ नीति कानून तथा योजना तयारी एवम् कार्यान्वयन गाउँपालिकाको गुरु योजना निर्माण गरी कार्यान्वयन गरिने, आवश्यकता अनुसार ऐन, नियम र कार्यवीधि परिमार्जन र निर्माण गरिने प्रतिवद्धता पत्रमा सार्वजनिक गरेको छ।
त्यस्तै शिक्षामा प्राविधिक शिक्षाको विस्तारर सामुदायीक विद्यालयमा सुधार ल्याइने,वालमैत्री विद्यालय निर्माण कार्यक्रम सञ्चालन गरिने, पूर्ण साक्षर गाउँपालिका घोषणा र निरन्तर शिक्षा कार्यक्रम संचालन गरिने, प्रविधियुक्त शिक्षक तथा कक्षा कोठामा प्रविधिको प्रयोगको व्यवस्था गरिने, विद्यालय व्यवस्थापन समितिलाई सक्षम प्रभावकारी र जवाफदेही बनाइने, शिक्षकलाई आधुनीक सिकाई शैली, ज्ञान र प्रविधिमा अद्यावधिक हुन पेसागत क्षमता विकास गरिने, दक्ष जनशक्ति डाक्टर, इज्जिनीयर, नर्स, कृषि विज्ञ, पशु विज्ञ, गणित, अङ्ग्रेजी विज्ञान विषयका शिक्षक तयार गरिने, दलित, गरिव, विपन्न र जेहन्दार छात्रवृत्ति कोष स्थापना गरी सञ्चालनमा ल्याइने, पुस्तकालय स्थापना र व्यवस्थित संचालन गरिने जस्ता उल्लेख गरिएको छ ।
Advertisement 2
त्यस्तै स्वास्थ्य क्षेत्रमा गाउँपालिकामा एक अस्पताल सञ्चालन गरिने, घरमा डाक्टर कार्यक्रम अन्तरगत अपाइता भएका व्यक्ति, महिला, वृद्धवृद्धाहर दीर्घ रोगीहरुको स्वास्थ्य उपचार गर्न विज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गरिने, तिरुमा वडि सेन्टर स्थापना गरिने, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई थप सुविधा उपलब्ध गराइने, मानसिक स्वास्थ्य पवन कार्यक्रम सञ्चालन गरिने, निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सन्चालन गरिनेछ ।
Advertisement 3
विशेषज्ञ सहितको स्वास्थ्य सिविर सञ्चालन गरिने, आयुर्वेद सेवा विस्तार, योग र ध्यान केन्द्र सञ्चालन गरिने लगायतका प्रतिवद्धता रहेको छ । खानेपानी र सरसफाईमा एक घर एक धारा पालिकाको अभिभारा भन्ने नारा सहित खानेपानीका सञ्चालन, खानेपानी उपभोक्ता समितिको मतको लागि तालिम प्रोत्साहनको व्यवस्था गरिने लगायतका प्रतिवद्धता रहेको छ ।भूकम्पबाट विस्थापीत परिवारहरुलाई सुरक्षित आवास र जिविकोपार्जनको व्यवस्था गरिने, एकिकृत वस्ती विकासका लागि आवश्यक अध्ययन गरिने, पलिका भित्रका सम्पुर्ण घरधुरीहरुको डिजिटल अभिलेख राखी गुगल म्यापीङ गरिने, भवन आचार संहिता लागु गरिने पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धनका लागि उत्तरगयाधामको गुरु योजना निर्माण गरी, उत्तरगयाधामको धार्मिक र सांस्कृतिक महत्व उजागर गरी राष्ट्रिय र अन्तराष्ट्रिय धार्मिक पर्यटक गन्तव्यको रुपमा विकास गर्न अभियान सञ्चालन गरिने भुमेस्थान, श्री देवीमन्दिरको प्रचार प्रसार गरि धार्मिक पर्यटक गन्तव्यको रुपमा विकास गरिने फिकुरी, तिरु, घलेगढीलाई पर्यटक पदमार्गको निर्माण गरी पर्यटक पबर्द्धन कार्यक्रम सञ्चालन गरिने, भाखोला झरनामा पर्यटक गन्तव्यको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने, ठूलोगाउँ, डाँडागाउँ र तिरुमा आन्तरीक पर्यटन पवर्द्धन गर्न होमस्टेको लागि साझेदारीमा कार्यक्रम सञ्चालन गरिने, गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गरिने, धार्मिक तथा पुरातात्विक संरचनाहरुको संरक्षण, सम्बर्द्धन तथन पुनः निर्माण गरिने, गुरुङ समूदायको सति घाटु संरक्षण सम्बर्द्धन तथा प्रचार प्रसार गरिने, सार्वजनिक शौचालय सहितको पार्क निर्माण गरिने कृषि तथा पशुपन्छीका लागि कृषिवाली तथा पशु विमा कार्यक्रम सञ्चालन गरिने रैथाने बालीको संरक्षण रपवर्द्धन गरिने, कृषि र विभिन्न जातका पशुपक्षीको पकेट क्षेत्र पहिचान गरी कार्यान्वयन गरिने, कृषि र पशु पालनलाई व्यवसायिकरण गर्न सहुलियत कर्जाको लागि वित्तीय संस्थासंग सहजिकरण र उत्पादनको बजारीकरण गरिने, आधुनिक कृषि तथा पशुपालन मार्फत रोजगार पबर्द्धन कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
सामुदायिक वन उपभोक्ता समितिसँगको साकंदारीमा बहुउपयोगी विरुवाहरुको नर्सरी अभियानकोरुपमा वृक्षारोपण तथा विरुवाको सरक्षण गरिने, एक घर एक फलफूल बिरुवा अभियान सञ्चालन गरिने, बन सम्पदाको समुचित विकासद्वारा समुदायको आय आर्जन बढाइनेछ । विकास निर्माणका कार्यक्रम वातावरण मैत्री हुने, सुकुम्बासीहरुको पहिचान गरी आवास र जिविकोपार्जनको व्यवस्था गरिने, भुमिसम्बन्ध सबै खालका समस्याहरुको समाधानको पहल गरिने, पालिकाभित्रको जग्गाको पुन नक्साइन गर्न संघिय सरकारसंग पहल गरिने प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।