यस्तो छ निर्वाचन आयोगले दलहरूसँग मागेको ६० बुँदे प्रतिबद्धता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको छ ।

Advertisement 1

मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।

आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आयोगमा उपस्थित भई आचार संहिता कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेको दाबी गरेको छ । तर नेकपा एमाले सहितका केहीले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/Press-Release-2078-12-22.pdf”]

प्रकाशित :२०७८ चैत्र २२, मंगलवार २०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम