दान बहादुरको दवंग स्टाइल :- तीन महिनामै सिरहामा क्रान्ती
सन्तोष बिद्रोही/सिरहा
Advertisement 1
गर्ने चाहे के हुन्न् ?मात्र सफा मन हुनुपर्दछ । कायपलट ल्याउन सकिन्छ एकाध महिनामै । यस्को एउटा उदाहरणीय पात्र हुन् दान बहादुर मिरिङ्चिङ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यलय बाट झण्डै तीन महिना अघि सिरहा सरुवा भएका प्रहरी अधिकृत हुन् उनी ।
यो बीचमा त्यहाँ सडकमा साढाँ बनेर सवारी चलाउने र नियम उल्लघंन गर्नेहरुको मुटुमा ड्याग्रो बजाउन सफल भइसकेका छन् उनी । कमाण्ड सम्हालेको ८५ दिनमै १७९२ लाई कार्बाहीको डण्डा बर्साएर ६६ लाख २७ हजार ५०० रूपैयाँ राजश्व उठाएर त्यहाँको रेकर्ड ब्रेक गरिदिएका छन् उनले ।
उनले जिल्ला ट्राफिक कार्यालयको कमाण्ड सम्हालेको पुस ९ गते ८५ दिन पुग्यो । यो डेढ महिनामा उनले १ हजार ७ सय ९२ सवारी चालकलाई कार्बाहीको दायरामा ल्याए , ६६ लाख २७ हजार ५०० सय रूपैयाँ राजश्व सँकलन गरे । लहान ट्राफिक कार्यालयमा अढाई महिनामै यति ठूलो मात्रामा राजश्व सँकलन भएको यो पहिलो पटक हो ।
Advertisement 2
सिरहा मधेश आन्दोलनको केन्द्रभूमि । सोही भूमिमा उनले पछिल्लो तीन महिनामै नपत्याउँदो क्रान्ती नै गरेर देखाएका छन् ।
सवारी चालकलाई कार्बाहीको दायरामा ल्याएर अढाई महिनाको समयावधिमा उल्लेख्य राजश्व सँकलनको झण्डा गाड्न सफल तिनै प्रहरी निरिक्षक दान बाहादुर मिरिङ्चिङ्को अहिले सिरहामा चर्चा चुलिएको छ ।
उनी चर्चामा आउनुको कारण अरू पनि छन् । जस्तो :- ट्राफिक कार्यालयको सिरहामा आफ्नो जग्गा थिएन । यिनले लहानको बलानमा ३ कठ्ठा जग्गा खोजि भ्याएकाछन् । यहाँ ट्राफिक कार्यालय खोल्न बलानमा जग्गा उपलब्ध गराएकोमा लहान नगरपालिकाका मेयर मुन्नि साहलाई धन्यवाद दिन्छन् उनी र जग्गाको लागि पहल गरिदिएकोमा नेकपाका युवा नेता तथा महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिला श्रेष्ठलाई पनि धन्यवादको पात्र भने उनले ।
त्यस्तै ट्राफिक कार्यालय खोल्न भगवानपुर १ मा ३ कठ्ठा , कर्जन्हा २ बन्दिपुरमा १ कठ्ठा १० धुर , कर्जन्हा : ३ जिवा खोला छेउमा २ कठ्ठा र सिरहामा पनि जग्गाको ब्यवस्था गर्न सफल भएकाछन् उनी ।
धनुषाको धारापानी बिरेन्द्र बजार स्थायि घर भएका उनले आफ्नो ब्यक्तिगत सम्बन्धका कारण पनि जग्गा खोज्न आफू सफल भएको बताए उनले ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टगाँलस्थित केन्द्रीय कार्यालयबाट असोज १५ गते सरूवा भएर सिरहा आएका हुन् उनी ।
मधेशमै उच्च शिक्षा हासिल गरेका उनले धारापानी , डण्डा र चोहोर्वामा स्कुल पढेका उनले जनकपुर राराब क्याम्पसबाट आईएसी गरेका थिए भने काठमाण्डौ त्रिचन्द्रबाट बिएसी गरे र जनप्रशासन क्याम्पस जमलबाट एमपिए गरे ।
उनी दुईपटक शान्तिसेनाका रूपमा पूर्बि टिमोर र सुडान गईसकेका छन् । लहानमा सवारी चालकमा अवारनेसको धेरै जरूरी भएको बताउँदै उनले भने , गएको असोजमा ८ , कार्तिकमा ६ , मसिँरमा ८ र पुस महिनामा १ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए , यो दुखद हो ।
स्थानिय तहसँग समन्वय गरेर सवारी दुर्घटना कम गर्न अवारनेस कार्यक्रम चलाउने योजना छ प्रनि मिरिङ्चिङ्को । भन्छन् , यो अभियानमा युवाहरूको साथसहयोगको जरूरी छ ।
ट्रफिक प्रहरीमा जनशक्तिको अभाब महशुस गर्छन् उनी । कुराकानीको बिट मार्दै उनले भने ४० जना जनशक्ति छन् सिरहामा , ८ वटा ट्राफिक पोष्ट छन् ।