काठमाडौं उपत्यकामा एकैदिन १५ सय ७७ सवारी चालकमाथि कारवाही

ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
Advertisement 1
ट्राफिक प्रहरीले बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरेको हो ।
महानागरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् ।
Advertisement 2
ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।
प्रकाशित :२०७८ फाल्गुन ५, बिहीबार १२:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%