प्रदेश जान अटेरी गर्ने सह सचिवलाई छेन्दुको महावाणिज्यदूतको “पुरस्कार”

सुशासनको चर्काे रटान लगाउने ओली सरकारले कारवाहीको डण्डा बर्साउनु पर्ने, अटेरी सह सचिवलाई उल्टै पुरस्कृत गरेको छ ।
गत भदौं दोश्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० सह सचिवको सरुवा गर्यो । सरुवाको सूचीको पहिलो नम्बरमा थियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का् कार्यलयमा कार्यरत दिनेश घिमिरेको नाम । उनको सरुवा त्यतिबेला प्रदेश नम्बर १ विराटनगरस्थित मुख्यमन्त्री कार्यलयमा भएको थियो । तर सरुवा भएको साढे तीन महिनासम्म उनी सरकारले खटाएको ठाउँमा गएनन् । अटेर गरेरै सिंहदरबारमै बसिरहे । तिनै अटेरी र कारवाहीको डण्डा बर्साउनु पर्ने सह सचिवलाई सरकारले उल्टै पुरस्कृत गरेको छ ।

Advertisement 1


बिहिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले छेन्दुको महाबाणिज्यदूत बनाएर पुरस्कृत गरेको छ ।
निजामती सेवा नियमावलीको दफा ३९ मा खटाएको ठाउँमा हाजिर भएपछि मात्र त्यो कर्मचारीको अन्यत्र सरुवा वा काज हुन्छ । तर खटाएको ठाउँमा हाजिर नगरी सरकारलाई नै चुनौती दिए पनि सहसचिव घिमिरेलाई चीनको छेन्दु सहरको बाणिज्यदूत बनाइएर पुरस्कृत गरिएसँगै ओली सरकारले सुशासनको नारामै धज्जी लागेको छ ।
यसरी सरुवा भएर प्रदेशमा जान अटेरी गर्ने उनी एक्ला सह सचिव चाहिँ होइनन् उनीजस्तै ९ भदौंमा सरुवा भएका सिंहदरबार छोड्न नमान्ने अन्य सह सचिवमा अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाको प्रमुखका श्रीकृष्ण नेपाल पनि हुन् ।

Advertisement 2

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीले सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दैआएका छन् ।
हेर्न बाँकी छ उनीहरुले के पुरस्कार पाउँछन् ?

प्रकाशित :२०७७ मंसिर २६, शुक्रबार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry