यी हुन् यही बर्ष अवकाश हुने १८ सचिवहरु

चालू आर्थिक वर्षमा १८ जना सचिवहरुले जागिरबाट घर जाने भएका छन् । निजामती किताबखानाका अनुसार, ५८ बर्षे उमेर हदका कारण नेपाल सरकारका १८ सचिव अवकाशको मुखमा छन् ।
किताबखानाले हालै प्रकशित गरेको सूचनाअनुसार १८ सचिव जागिरबाट अवकाश पाउनेछन् । जसमा मुख्यसचिव लोकदर्शन रेग्मी पनि छन् ।
यसरी अवकाश पाउने अन्य सचिवहरुमा शंकरदास वैरागी,केदार बहादुर अधिकारी,मोहनकृष्ण सापकोटा,राजेन्द्रप्रसाद भारी,चिरञ्जिवी खनाल,प्रकाश माथेमा,मणिराम ओझा,रामकृष्ण सापकोटा,आनन्दराज ढकाल,चन्द्रकुमार घिमिरे,विष्णुप्रसाद नेपाल,डा तीर्थराज ढकाल,डा विश्वनाथ ओली,मधुसुदन अधिकारी,डा सञ्जय शर्मा,माधव बेल्वासे,रेश्मीराज पाण्डे र मानबहादुर विक छन् ।
यही आर्थिक बर्षमा १८ सचिवसहित ६० सह सचिवले अवकाश पाउँदैछन् । किताबखानाका अनुसार,चालु आर्थिक बर्षमा दुई हजार चार सय ८० जना निजामती कर्मचारीको अवकाश हुने भएको छ ।

प्रकाशित :२०७७ श्रावण २४, शनिबार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry