सिभिल बैंकले ५ प्रतिशत बोनस सेयर दिँदै

सिभिल बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
Advertisement 1
बैंकले ८ प्रतिशतले हुन आउने ८ अर्व ६४ करोड ३६ लाख ६० हजार ८४९.७९ रुपैयाँ बराबरको बोनस सेयर र ०.२६ प्रतिशतलहुना आउने २ करोड २७ लाख ४६ हजार ४७५.९२ रुपैयाँ बराबरको नगद लाभांशमा खर्च गर्ने भएको छ ।
सञ्चालक समितिले प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती पश्चात आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ।
Advertisement 2
प्रकाशित :२०७८ पुष ७, बुधबार ०८:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%