अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

विदेशी विद्यार्थीमाथि अष्ट्रेलिया र जापानले प्रतिबन्ध लगाएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् ।

Advertisement 1

जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए ।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

Advertisement 2

 

प्रकाशित :२०७८ मंसिर १५, बुधबार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry