बाणिज्य बैंकले ८३६ कर्मचारी माग्दा १ लाख २३ हजार बढीको दरखास्त आवेदन

देशमा शिक्षित बेरोजगारको अबस्था कस्तोसम्म छ भन्ने एउटा तस्विर हो यो । सँगै बैंकिङ क्षेत्र त्यसमा पनि सरकारी स्वामित्वको बैंकतर्फ युवाको आकर्षण कतिसम्म छ भन्ने चित्र पनि ।
गत १५ कार्तिकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा गरी ८३६ जना कर्मचारी माग गर्यो । जस्मा माग गरेभन्दा झण्डै १४८ गुणा बढी आवेदन परेको छ ।
बैंकले बरिष्ठ प्रवन्धक,प्रवन्धक,उपप्रवन्धक,साहयक प्रवन्धक,बरिष्ठ सहायक,सहायक गरी चौथो देखि नवौं तहसम्मका गरी ८ सय ३६ कर्मचारी माग गर्दै सूचना जारी गरेको थियो ।
सिंगल दस्तुर तिरेर आवेदन दिन पाइने समयभित्र अर्थात ५ मंसिरसम्ममा सो १ लाख २३ हजार हाराहारीले आवेदन दिएका छन् । यो भनेको झण्डै १४७ गुणा बढीको आवेदन हो ।
बैंकका अनुसार, सबैभन्दा बढी आवेदन चौथो सहायक तर्फ ६५ हजार २८८ जना,सोही तह (नगद) तर्फ १७ हजार ३२० जनाले आवेदन दिएका छन् । यस्तै पाचौं तहको वरिष्ठ सहायकमा २४ हजार ५५८ जनाले दरखास्त आह्वान दिएको बैंकले जनाएको छ ।
यस्तै पाँचौ तहको वरिष्ठ सहायक (नगद) ६ हजार १९ जनाले आवेदन दिएका छन् । छैटौं तह सहायक प्रबन्धकमा ५ हजार ६२५ जनाले आवेदन दिँदा पाँचौ तहको वरिष्ठ सहायक (सूचना प्रविधि) १०४३ जनाले दरखास्त हालेका छन् ।
उता छैटौं तहको सहायक प्रबन्धक (नगद) ६१७ जना, वरिष्ठ प्रबन्धकमा ६३, प्रबन्धकमा ६७, उप–प्रबन्धकमा ५५ जनाले आवेदन भरेका छन्् । यस्तै सातौं तह उप–प्रबन्धकमा लेखातर्फ १०२ जनाले आवेदन बुझाएको बैंकले जनाएको छ ।
यस्तै छैटौं तहको सहायक प्रबन्धक (कानुन) मा १५ जना, सहायक प्रबन्धक छैटौं (सूचना प्रविधि) १२५ जना, पाँचौ तहको वरिष्ठ सहायक (कानुन) १७३ ले आवेदन दिएका छन् ।
Advertisement 1