कार्की सचिव बढुवा सिफारिस


सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फको रिक्त एक सचिवका लागि ज्येष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । पदरिक्त भएको १ महिना ७ दिनपछि कृषि तथा वन समूहका सहसचिव योगेन्द्रकुमार कार्कीश सचिव बढुवा सिफारिस भएका छन् ।

Advertisement 1

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा। योगेन्द्र कुमार कार्कीको नाम सिफारिस गरेको हो ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

कृषि मन्त्रालयका सचिव राजेन्द्र भारी गएको कात्तिक १ मै अवकाश भएपछि पदरिक्त भएको थियो । तर मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएकाले सोमबार सचिव बढुवा सिफारिस भएको छ ।

Advertisement 2

बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फ रिक्त एक सचिव पदमा कार्कीको नाम सिफारिस गरेको हो । उनी यसअघि नै बढुवामा पर्नुपर्ने बरिष्ठ सहसचिव हुन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताका आधारमा कार्कीको नाममात्र सिफारिस गरेको हो । यसअघि प्रशासनतर्फ सहसचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस भइसकेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट प्रशासनतर्फका एक जना र प्राविधिकतर्फ कार्कीको सचिवमा बढुवा हुनेछ । प्रशासनतर्फ संचार मन्त्रालयका सहसचिव गोकर्णमणि दुवाडी यसअघि ५ पटक सिफारिसमा परे पनि सचिव बढुवा भएको छैन

प्रकाशित :२०७७ मंसिर ९, मंगलवार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry