एकै पटक १७८ कर्मचारी सिआइबीको छानबिनमा
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका ४०६ जनाविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएकोमध्ये १७८ जना कर्मचारी रहेका जनाइएको छ ।
यो प्रकरणमा सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।
Advertisement 1
पक्राउ पर्नेमा यसअघि अदालतबाट स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी थिए । तर, उनीहरूलाई कागज गराएर रिहा गरेको थियो ।
पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।
Advertisement 2
जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना उपर प्रहरीले पक्राउ गर्ने अनुमति लिएको छ ।
जसमा पूर्व गृहसचिव नारायणगोपाल मलेगो सहित पूर्व र वहालवाला गरी १७८ कर्मचारी सिआइबीको छानबिनमा परेको सिआइबीले जनाएको छ ।
यो प्रकरणमा कर्मचारीहरुले साढे २२ रोपनीसम्म घुस लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घुस लिने कर्मचारीहरुमा तत्कालीन डिल्लीबजार मालपोतका डिजी मुकुन्द आचार्य,अर्काे तत्कालीन हाकिम प्रेमबहादुर खापुङ,राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी (गृहबाट अवकाश),मालपोत कार्यालय डिल्लीबजारका नासु जगतप्रसाद पुडासैनी, मालपोत प्रमुख कलाधर देउजा, मालपोतका अधिकृत सुरेन्द्रमान कपाली र खरिदार युक्तप्रसाद श्रेष्ठ,अधिकृत धर्मप्रसाद गौतमदेखि मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्की समेत यो प्रकरणमा डामिएका छन् । यो प्रकरणमा मुछिएकामध्ये २८ जनाको मृत्यु भइसकेको छ ।