जनप्रतिनिधिले नै नगरप्रमुखको घर अगाडी थुपारे फोहोर
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखका घरको अगाडि वडाध्यक्षसहितका जनप्रतिनिधिहरुले फोहोर थुपारेका छन्।
Advertisement 1
नगर प्रमुख लालकिशोर साहले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरुले घर अगाडि फोहोर थुपारेका हुन्। उपमहानगरले नगरभित्रको फोहोर व्यवस्थापन नगर्दा जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरु नगर प्रमुख साहको घर अगाडि फोहर थुपार्ने पुगेका छन्।
दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरूले नै फोहोर नगरप्रमुख लालकिशोर शाहको घर अगाडी थुपारेका हुन्। जनकपुरधाम उपमहानगरपालिका – १ का वडाध्यक्ष शत्रुघन साह, वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नं. ७ का अध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले फोहोर थुपारेका हुन्।
Advertisement 2
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले फोहोर थुपारेका हुन्। ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफैंले ट्याक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएकोले विरोधस्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए।
Advertisement 3