मे दिवसमा महाअधिवेशन

पेशागत महासंघले सन् ०२२ को मे दिवसको अवसर पारेर आफ्नो महाअधिवेशन गर्ने भएको छ । महासंघको सातौं सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्दै उस्ले आगामी ०२२ को मे दिवसको अवसर पारेर आफ्नो महाअधिवेशन आयोजना गर्न लागेको छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा काठमाडौंमा हालै सम्पन्न बैठकले सन् २०२२ को मे दिवसको अवसर पारेर भव्यतापूर्वक आयोजना गर्ने निर्णय गरेको हो । प्रेमलकुमार खनाल संयोजक तथा रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो ।
बैठकले महासंघको काम व्यवस्थित गर्न बढीमा ३५ सदस्य रहनेगरी हाललाई ३१ सदस्यीय सचिवालय गठन समेत गरेको महासचिव रिमालले जानकारी दिए ।

Advertisement 1

 

प्रकाशित :२०७८ आश्विन ७, बिहीबार १५:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry