घरायसी विवादमा भाइद्वारा दाजुको हत्या
ओखलढुंगा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ।
Advertisement 1
प्रहरीका अनुसार घराशयी अंशबन्डाको विषयमा विवाद बढ्दै गर्दा मित्रका भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र उनका ३६ वर्षीय छोरा वीरबहादुरले मित्रको खुकुरी र दाउ प्रयोग गरेर हत्या गरेका हुन्। घटनालगत्तै इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको टोलीले धारिलो हतियारसहित हत्यामा संलग्न दुवै जनालाई पक्राउ गरेको थियो। घटना भएको स्थान ओखलढुंगाबाट करिब ६० किमि पश्चिमउत्तरमा छ। प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट मित्रको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा पक्राउ परेका दुवै जनाउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित :२०७८ भाद्र २५, शुक्रबार १९:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%