लोक सेवाले माग्यो साढे २ सय कर्मचारी
लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । आयोगल प्राविधिक र स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी माग गरेको हो । आज शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
Advertisement 1
आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सकिने छ । दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ। उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख छ । आयोगका अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिन सक्ने छन् ।