बुहारी मन्त्री बनाउन प्रचण्डको दवाव

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी बुधबारसम्म मन्त्रीको टुंगो लगाउने भएको छ ।
Advertisement 1
नेपाली काँग्रेसको छान्ने जिम्मा देउवाले पाएका छन्, जसपाको उपेन्द्र यादवले पाएका छन् त्यस्तै नेकपा एकीकृत समाजवादीको माधवकुमार नेपालले पाएका छन् भने नेकपा माओवादीबाट मन्त्री छान्ने जिम्मा पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।
प्रचण्डले आफ्नो पार्टीका नेताहरु मन्त्री बन्न लालायित भएकाले आफूलाई मन्त्री छनोट गर्न निकै गाह्रो परेको बताउँदै आएका छन् । उनले आफ्नो बुहारी बिना मगरलाई मन्त्री बनाउने तयारीमा रहेको इकर्मचारीलाई बालुवाटारनिकट स्रोतले जनाएको छ ।
Advertisement 2
स्रोतका अनुसार उनले बिना मगरलाई मन्त्री बनाउनका लागि दवाव दिएका छन् ।
प्रकाशित :२०७८ भाद्र १४, सोमबार १५:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%