सेञ्चुरी बैंकको अनियमितता काण्डमा के गर्दैछ राष्ट्र बैंक ?

पुतलीसडकमा मुख्यालय रहेको सेञ्चुरी कर्मसियल बैंकले सर्वसाधरणको निक्षेपमाथि अनियमितता गरेको प्रकरण नेपाल राष्ट्र बैंकसम्म पुगेको छ ।
सो बैंकका अध्यक्ष छन् राजेशकुमार श्रेष्ठ,वोर्डमा रमेश निरौला,मनबहादुर राई,रण बहादुर श्रेष्ठ,सुनिल कुमार न्यौपाने,अभिषेक बज्राचार्य र प्राडा गीता प्रधान छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत तुलसीराम गौतम ९ महिने कार्यकाल बाँकी छँदै राजीनामा दिएर बाहिरिएका छन् । सञ्चालक समितिले अनावश्यक दबाब दिएका कारण उनी राजीनामा दिएर घर फर्किएको बताइन्छ । अहिले निमित्त सीइओ छन्,मनोज न्यौपाने । कान्छो बैंकका रुपमा चिनिएको र सबैभन्दा कमजोर कार्यक्षमता रहेको बैंक हो सेञ्चुरी । जस्को शेयर बजारमा समेत कुनै प्रभाव देखाउन सकेको छैन । नाफामा समेत कुनै सुधार भएको छैन । लगानी तथा अन्य सूचक समेत राम्रो देखिदैन ।
सोही बैंकका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरुको बदमासी प्रकरण हो यो । उनीहरुले सर्वसाधरणले रगत पसिना बगाएर आर्जेको र बचत गरेको अर्बाै बढी रकम घोटला भएको बिषय अहिले नेपाल राष्ट्र बैंकमा पुगेको छ । वैंकका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरुका कारण सर्वसाधरणको अर्बाै रकम जोखिममा परेको छ । अध्यक्ष श्रेष्ठले सर्वसाधरणका अर्बौ रकम एक जना पूर्व कर्मचारीलाई मौरिसस गएर एम एन्ड एम रेमिटबाट बैंकलाई रकम पठाउन लगाएको भए पनि सो रकम उतै गायब भएसँगै सर्वसाधरणले खाई नखाई रगत पसिना बगाएर आर्जेको अर्बौ रकम उतै हराएको बिषयमा अहिले नेपाल राष्ट्र बैंकले छानबिन गर्दैछ ।

Advertisement 1

नेपाल राष्ट्र बैंकसम्म पुगेको उजुरीमा अध्यक्ष श्रेष्ठकै नाममा दर्ज भएको कम्पनी ‘राम्रो रेमिट’ प्रालि मा अर्बाै रकम पठाइएको थियो । यसरी सर्वसाधरणको रकम विदेशमा पठाएर विदेशबाट आफ्नै कम्पनीमा पठाएर दुरुपयोग भएको उजुरी वालुवाटारस्थित नेपाल राष्ट्र बैंकसमक्ष पुगेको हो । केन्द्रीय बैंकमा रहेका केही कार्यकारी निर्देशकले श्रेष्ठलाई जोगाएको जानकारहरुको दावी छ ।
केन्द्रीय बैंकले ध्यान पु¥याउन नसक्दा नेपाली जनताले खाई नखाई जम्मा गरेको निक्षेपमाथि टाई लगाएकाहरुले हिनामिना गरेको बैंककै केही सञ्चालक र निक्षेपकर्ताको आरोप छ । अध्यक्षले बैंक धरासायी बनाउनेगरी आर्थिक हिनामिना गरेपछि बैंकका शेयरधनीले सञ्चालक समितिमा दिएको छानबिनको निवेदन समेत कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित :२०७८ भाद्र १०, बिहीबार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry