तराईमा अत्यधिक गर्मीका कारढ बन्द हुन थाले विद्यालय

काठमाडौं । अत्यधिक गर्मी बढेपछि तराईका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । अत्यधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ ।

Advertisement 1

अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।

Advertisement 2

चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारण लगायतको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित :२०८१ जेष्ठ १४, सोमबार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry