एक्लिए माधव नेपाल, दोस्रो तहका नेता नयाँ पार्टीमा नजाने

पाँच महिना लामो एकता प्रयास असफल भएपछि अन्ततः एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ। सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । नेपालसहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि विभाजनलाई सहजीकरण गरिदिएको छ।
Advertisement 1
नेपाल समूहका नेता विरोध खतिवडाले एकताको अन्तिम कोसिसमा लागेको र अध्यादेश जारी हुने बेलासम्म प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने बताए। ‘नयाँ दल दर्ता गर्ने प्रक्रिया, सबै कागजात तयार छन्,’ उनले भने, ‘एकताको सम्भावना करिब–करिब सकिएको हुँदा अध्यादेश जारी हुनेबित्तिकै आयोग जाने तयारी छ ।’तर, नेपाल पक्षका दोस्रो तहका नेताहरु नयाँ पार्टीमा नजाने भएका छन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ दल दर्ताको तयारीमा जुटेका नेता नेपाललाई दोस्रो तहका नेताहरुले साथ नदिने भएका हुन् ।
नेताहरु भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भिम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट नयां पार्टीमा नजाने भएका छन् ।नेता नेपालले नयाँ दल दर्ताका लागि हस्ताक्षर संकलन गरिरहँदा दोस्रो पक्षका नेताले नै साथ नदिने भएका हुन् । नेता नेपालले आफू निकट सबै स्थायी कमिटी सदस्य आउने वा नआउने विषयमा जानकारी नभएको बताए ।
Advertisement 2
उनले भने, ‘हामी दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछौँ । स्थायी कमिटीका बहुमत सदस्य आउँछन् आउँदैनन् भन्ने मलाई थाहा छैन ।’