थाल ठटाउँदै बँदेल धपाउँदै
बँदेल आतंकले अहिले भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा स्थानीहरु समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको मकै, कोदो, आलुलगायतका बाली जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासोे छ ।
Advertisement 1
रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको तेलकोट छालिङका श्याम पुरीले उनले बताए । जिल्ला वन कार्यालय तथा नगरपालिकालाई पटकपटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरुको गुनासो छ ।
नगरकोटका सन्त लामा भन्छन् “मकै खान बँदेल राति आउँछ । बँदेलको झुण्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ । राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ । बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ ।”
प्रकाशित :२०७८ श्रावण ३१, आईतवार १२:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%