देउवालाई बिन्ती गर्दै ओलीले भने, ‘मेरा मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज !’

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् । आफ्नो सम्बोधनको अन्तिममा उनले दुई पटक हातसमेत जोडेका थिए।
Advertisement 1
तिनीहरुलाई मन्त्री दिनुस् न। किन बिलम्ब गर्नुभएको? हिरिक्हिरिक् भएका छन् विचराहरु, मन्त्री खानका लागि। प्लिज (हात जोड्दै) यति त गराइसक्नुभयो। पछि त लगाइसक्नुभयो। पछिपछि हिँडेका छन्, हिँडेका छन्। कुदेका छन्, कुदेका छन्। फ्याँफ्याँफ्याँफ्याँ, स्वाँस्वाँस्वाँस्वाँ गरेका छन्। मन्त्री खान पाऊँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन्। मन्त्री दिनुस् प्लिज (हात जोड्दै)। दिनुस्, उनले भने।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ सांसद्हरुले फ्लोर क्रस गरेर मत दिएका थिए। तीमध्ये केहीले मन्त्री बनाइदिन देउवालाई आग्रह गरेको समाचारहरु सार्वजनिक भएका छन्। ओलीले उनीहरुलाई मन्त्री बनाइदिन भनेका हुन्।
Advertisement 2