स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ,अजेय सुमार्गीदेखि उद्धव पौडेलसहित यी ५२ ले तिरेनन् कर

काठमाडौं महानगरपालिकाले कर तिर्न अटेरी गर्ने ५२ करदातालाई एक महिनाको अल्टिमेट दिएको छ ।
यसरी कर तिर्न आनाकानी गरेर एक महिनाको अल्टिमेट पाउनेहरुमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठदेखि अजय सुमार्गी, उद्धव पौडेल,शिशु अर्यालसम्म छन् ।
Advertisement 1
महानगरपालिकाको सूचना अनुसार, कान्तिपुर होटल,रबिन्द्र बहादुर मल्ल,दीव्य शमशेर जवरा,राजेन्द्र कुमार कावरा,बसुन्धरा तुलाधर, युनिभर्सल स्कुलका सञ्चालक भरत गिरी, गोपीकृष्ण मुभिज,खाद्य संस्थान,सिग्नेचर अर्पाटमेन्ट,सिद्धार्थ बनस्थली स्कुल,रञ्जना ट्रेड,बरुण वेभरेज,अजय सुमार्गी,शिशु अर्यालकै नाममा रहेको अल इन मार्ट,रिद्धिसिद्धि डेभलपर्स, सिटी सेन्टर, मैतिदेवी प्लाजा, चेम्बर भवन, वैशाली होटल, होटल मर्स्याङदी, होटल प्लाटिनियम, होटल ग्याङजोङ, केएल टावर, कम्प्युटर बजार,पिपुल्स प्लाजा, बैशाली होटल, सिग्नेचर अपार्टमेन्ट, झिग्मे सिङमे पर्वल विष्ट लगायतले समेत कर नतिरेको महानगरले जनाएको छ।
काठमाडौं महानगरपालिकाले घरजग्गा वा सम्पत्ति कर बुझाउन उनीहरुलाई ३० दिनको समयसीमा दिएको छ ।
महानगरपालिकाले आइतबार एक सूचना प्रकाशित गर्दै, विगत समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटकपटक पत्राचार गर्दासमेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण सहित बुझाउन बाँकी कर दाखिला गर्न भनेको छ ।