विद्युत् बक्यौता विवाद : पुरानै बिलमा प्राधिकरणको अडान
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ। प्राधिकरणले बिहीबार सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो।
Advertisement 1
मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उद्योगीलाई आग्रह गरेको हो। ‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
Advertisement 2
तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ।
यद्यपि बक्यौतामा विवाद लामो समय रहँदा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्काली सरकारले विवाद समाधानका लागि आयोग गठन गरेको थियो। सो आयोगले गरेकै सिफारिसअनुसार वर्तमान सरकारले बक्यौता उठ्नुपर्ने भन्दै आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।
Advertisement 3
तर, आयोग बनाउँदा समस्या सामाधान हुने बताएका प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिले आयोगको सुझाव कार्यान्वयनमा आलटाल गरिरहेका छन्। प्राधिकरणबाट कामकारबाही हुनुपर्ने ठेक्काहरु आफूले चाहेको कम्पनीले नै पाउनुपर्ने अडान लिँदै आएका घिसिङले बक्यौता विवादमा पनि आफूले भनेकै हुनुपर्छ अडानमा छन्