प्रहरीको परीक्षामा छ जना नक्कली परीक्षार्थी पक्राउ

प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरले लिइरहेको प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन्। परीक्षामा सहभागी बनेका नक्कली परीक्षार्थीसहित ६ जनालाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पैसा लिएर नक्कली परीक्षार्थी बनेर परीक्षामा सामले हुन खोज्ने भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं ६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ८ का १९ वर्षीय सरोज राई, धनकुटा शहिदभूमि गाउँपालिका वडा नंम्बर ३ का २१ वर्षीय खपाङ राई र धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ८ का २७ वर्षीया राजकुमार राई रहेका छन्।
Advertisement 1
प्रहरीका अनुसार उनीहरुले भोजपुर पौवादुङ्मा ६ का सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भन्दै सोही ठाउँका संगम राईबाट नगद १ लाख १८ हजार, पौवादुङ्मा ६ कै सागर राईबाट १ लाख १८ हजार, धनकुटा साँगुरीगढीका सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुलेको छ।
उनीहरुलाई प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ।
Advertisement 2