नाडा अध्यक्षमा ध्रुब थापाको उम्मेद्वारी घोषणा

अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव भएका फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष धुब्र थापाले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
Advertisement 1
पश्चिमाश्चल अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्ष हुँदै नाडाको केन्द्रीय समितिमा पुगेका उनले अघिल्लो कार्यकालका लागि पनि अध्यक्षमा उम्मेद्वारी दिने बताएका थिए । अहिलेका अध्यक्ष कृष्णप्रसाद दुलालले अर्को पटकको अध्यक्षका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएपछि व्याक भएका उनी यस पटक भने कुनै हालतमा पछि नहट्ने बताएका छन् । अध्यक्ष दुलाल भने थापाको पक्षको खुलेका छैनन् ।
नाडाको आगामी नेतृत्वका लागि सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
Advertisement 2
बैंकिङ, रियल स्टेक, पर्यटन लगायतका धेरै उद्योगहरुमा समेत थापाको लगानी रहेको छ । आफूले यस अघि पनि सहमितका लागि उम्मेद्वारीबाट पछि हटेको भन्दै यस पटक भने व्यवसायीहरुले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको उनले बताएका छन् ।
नाडालाई सबै व्यवसायीहरुको साझा संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता उनले जनाएका छन् । एक व्यवसायीलाई अर्को व्यवसायीले नरुचाउने हालको अवस्थालाई चिर्दै साझा सशक्त संस्थाको रुपमा नाडालाई अघि बढाउने उनले बताएका छन् ।
Advertisement 3
आगामी पुससम्म अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने अवस्थामा हालको अवस्थालाई मध्यनजर गरी सम्भवतः भदौ महिनाभित्रै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नाडाको योजना रहेको छ ।
हाल नाडा अध्यक्षको रुपमा कृष्णप्रसाद दुलाल कार्यरत छन् । हालका उपाध्यक्ष करण चौधरीले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।