सिनियर कर्मचारी जिम्मेवारीविहीन

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सिनियर कर्मचारीलाई जिम्मेवारीविहीन बनाएको छ ।
Advertisement 1
कर्णाली प्रदेश समायोजन भएर आएको तीन महिना हुन लाग्दासमेत दशौं तहका कर्मचारीलाई अझैसम्म जिम्मेवारी दिइएको छैन । वन सेवाका दशौं तहका कर्मचारी भूमिकाविहीन छन् भने मन्त्रालयले जुनियर कर्मचारीलाई प्रमुख बनाएको छ ।
कार्यतालिका बनाएर काम गरिने
प्रदेश लोकसेवा आयोगले कार्यतालिका पास गरेर काम गर्न थालेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।
Advertisement 2
‘आयोगको सर्वर बनेको छ, पाठ्यक्रमको काम भएको छ, ऐन प्रदेश सभामा अड्केकाले विज्ञापन गर्न समय लाग्छ होला,’ उनले भने ।
आयोगले प्राविधिक काम सबै गरिरहेकाले ऐन पास हुनबित्तिकै लोकसेवाका सबै काम अगाडि बढ्ने र बाँकी पदहरूमा विज्ञापन गरिने लोकसेवा आयोगसमेत हेरेका सचिव सारुले जानकारी दिए ।
Advertisement 3
कर्णाली प्रदेश सरकारले अघिल्लो आवमा गरेर संगठन तथा व्यवस्थापनमा दुुई हजार पाँच सय २९ जना प्रदेश सरकार मातहतका कर्मचारी हुने दरबन्दी स्वीकृत गरेको थियो ।
कर्णाली प्रदेशमा करिब आठ सय कर्मचारी अपुग छन् भने हाल नेपाल सरकारका केही कर्मचारी कामकाज गर्न कर्णाली प्रदेशमा काजमा कार्यरत रहेका छन् ।