सामान्यको ज्यादतीविरुद्ध लेखा अधिकृतहरु “फायर”-गैह्र कानुनी सरुवा तत्काल सच्याउन माग
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ज्यादीविरुद्ध लेखा अधिकृतहरु गोलबद्ध भएका छन् । मन्त्रालयले नियम कानुन लत्याउँदै दरबन्दी नै नभएको ठाउँमा लेखा अधिकृतको सरुवा गरेको घटनाप्रति लेखा अखधिकृतहरु आगो भएका हुन् । आर्थिक बर्षको अन्त्यमा फर्जी बिलको भुक्तानी गर्न नमान्दा पर्सागढी नगरपालिकाले लेखा अधिकृतलाई निमित्त कार्यकारी अधिकृत र पालिकाका मेयरको दबाबमा दरबन्दी नै नभएको ठाउँमा रातारात सरुवा गरिएको थियो । सोका विरुद्ध लेखा अधिकृतहरु भेला भएर सामान्य प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।
आर्थिक वर्ष सकिएको तेस्रो दिनमा सातौं तहका लेखा अधिकृत रामकुमार कुशवाहालाई जिन्सी सामानहरू बरबुझारथ गरी महालेखा नियन्त्रण कार्यालय काठमाडौंमा हाजिर हुन जाने गरी फिर्ता पठाइएको पत्र काटिएको भोलीपल्टै लेखा अधिकृत कुशवाहलाई जिल्ला समन्वय समिति पर्सामा खटाएको घटनाप्रति लेखा अधिकृतहरुले
ध्याननाकर्षण भएको जनाएका छन् ।
Advertisement 1
गत असार मसान्तमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको फर्जी बिल बनाएर चेक काट्न दबाब दिएको र आफूले फर्जी भुक्तानीमा रोक लगाएपछि नगरपालिकाले फिर्ता पठाएको कुशवाहाको भोलीपल्टै सामान्यले जिससमा सरुवाको पत्र थमाएको थियो ।
Advertisement 2
झण्डै १ करोड फर्जी भुक्तानी गर्न नमान्दा उनलाई त्यहाँबाट लखेटिएको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादव र नगर प्रम्खको मिलेमतोमा त्यहाँबाट सरुवा गराइ उनको दरबन्दी नै नभएको जिसस पर्सामा पठाइएको घटनाप्रति लेखा अधिकृतहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
४३ जना लेखा अधिकृतहरुले सोही घटनालाई दिएर लेखा अधिकृतहरूले आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै कुशवाहालाई गरिएको अनुचित र गैर कानुनी व्यवहार तुरुन्त सच्चाएर स–सम्मान महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन माग गरेका हुन् ।