जातीय तथा वर्गीय आधारको आरक्षण हटाउन सर्वोच्चको आदेश

नेपालमा २०६३ सालको अन्तरिम संविधानसंगै शुरु गरिएको जातीय तथा वर्गीय आरक्षणको सन्दर्भमा महत्वपूणै आदेश दिएको छ ।
Advertisement 1
धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा आरक्षणको माग गर्दै दायर गरेको रिट निवेदनमा फैसला सुनाउने क्रममा सर्वोच्चले जातीय वा वर्गीय आधारका आरक्षणहरु हटाउन आदेश दिएको हो ।
न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र डा। आनन्द मोहन भट्टराईको संयुक्त इजलासले गत पुस १ गते गरेको फैसलाको हालै भएको पूर्णपाठमा आर्थिक रुपमा सम्पन्न र आरक्षण पाएर आफ्नो अवस्था सुधार गरिसकेकालाई फेरि त्यस्तो सुविधा नपाउने गरी कानून निर्माण गर्न आदेश दिइएको छ ।
Advertisement 2
यस्तै आरक्षणलाई वर्गीय वा जातीय आधारमा नभइ अवसरबाट बञ्चित भएकाहरुको उत्थानका लागि आवश्यकताको आधारमा मात्रै प्रयोग गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ । आदेशमा भनिएको छ, ‘आरक्षण सम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभै आवश्यकता केन्द्रित बनाएमा मात्र यसले संविधानको साध्य हाँसिल गर्न सक्छ ।
वास्तवमै गरिब, निमुखा र आफ्नो श्रोत साधनले शिक्षा आर्जन गर्न नसक्ने वर्गलाई नै आरक्षणको छहारीभित्र ल्याउने र संविधानको धारा १८ ९३० को प्रतिबन्धात्मक वर्गमा पर्ने तर सक्षमलाई बाहेक गरेमा मात्र यसले संविधानको लक्ष्यलाई पछ्याउन सक्छ ।’
Advertisement 3
यस्तै फैसलाले राजनीतिक, आर्थिक वा सामाजिक रुपमा उपलब्धि हाँसिल गरिसकेको समुदायलाई आरक्षणको सुविधाबाट बाहिर राख्न पनि आदेश दिएको छ । आदेशमा आर्थिक रुपमा सक्षम भएर पनि आरक्षणको सुविधान लिन खोज्ने वर्गलाई ‘तरमारा’ भनि किटान गरिएको छ ।
आदेशमा भनिएको छ, ‘संविधानतः आरक्षणको वर्गमा पर्ने तर व्यक्तिगत उन्नति प्रगति गरिसकेको कारण आरक्षण वा उपल्लो तथा तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षण सम्बन्धी व्यवस्थालाई मुक्त गर्न जरुरी छ ।’
सर्वोच्चको आदेशले एकपटक आरक्षणको सुविधा लिएका व्यक्तिलाई फेरि त्यस्तो सुविधान नदिन र समक्षहरुसँगै प्रतिस्पर्धा गराउन पनि भनेको छ । त्यस्तै आरक्षण दिंदा शिक्षाको गणुस्तर कायम रहने गरी कानुन तर्जुमा गर्न पनि निर्देशनात्मक आदेश दिईएको छ ।
सर्वोच्चले रीट निवेदक पञ्जिकारले चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी) तहमा समेत जातीय आधारमा आरक्षण दिनुपर्ने भनि गरेको मागलाई अस्वीकार गरेको छ ।