जनप्रतिनिधिले ६० दिन भित्र सम्पत्ति विवरण वुझाउनु पर्ने

अब जनप्रतिनिधिले एक आर्थिक बर्ष समाप्त भएको वा नयाँ आर्थिक बर्ष सुरु भएको ६० दिन भित्रमा सम्पति विवरण बुझाउनु पर्ने भएको छ ।

Advertisement 1

सम्वन्धित स्थानीय तहमा ६० दिन भित्र दर्ता भएको सम्पति बिबरण सम्वन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ३० दिन भित्रमा दाखिला भइसक्नुपर्ने परिपत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाइ पठाएको छ ।

स्थानीय तहमा करार सेवामा कार्यरत कर्मचारीले आर्थिक बर्ष समाप्त भएको मितिले ६० दिन भित्र सम्वन्धित स्थानीय तहमा बुझाउने र बुझ्ने स्थानीय तहले राष्ट्रिय सर्तकर्ता केन्द्र सिंहदरवार काठमाडौले तोकेको ढाँचामा केन्द्रको लिंकमा प्रबिष्टी गरिसक्नुपर्ने सरकारले बताएको छ ।

Advertisement 2

स्थानीय तहमा ६० दिन भित्र दर्ता भएको सम्पति बिबरण सम्वन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ३० दिन भित्रमा दाखिला भइसक्नुपर्ने प्रावधान छ । संघीय निजामति सेवा तथा समायोजन ऐन २०७५ अनुसार प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले आर्थिक बर्ष समाप्त भएको मितिले ६० दिन भित्र राष्ट्रिय कितावखाना९निजामति०मा सम्पति विवरण बुझाइ सक्नुपर्ने छ ।

 

Advertisement 3

 

प्रकाशित :२०७८ असार ३१, बिहीबार १२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry