प्रधानन्यायाधीस भइसकेका ब्यक्ति यस्तो सन्यासी जीवनमा !

अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । तस्वीर छ एक जना सन्यासी नेपालीको ।
जो यस अघि नेपालका प्रधानन्यायधीशसम्म बने । न्यायालयबाट खिलराज रेग्मी कार्यकारी प्रमुख बनेर आए । उनको बर्हिगमन पछि सर्वोच्चको नेतृत्वमा आए दामोदर शर्मा। साधु प्रधानन्यायाधीशका रूपमा उनी जति परिचित थिए ।बाबा प्रधानन्यायाधीशका रूपमा परिचित शर्माका किस्सा अहिले पनि न्यायालयका प्राङ्गणमा समय कटाउने मेलो बन्छन्।
उनी सर्वाेच्चका २३ औं प्रधानन्यायीश हुन् । ७० साल चैत्र २७ गतेदेखि ७१ असोज २३ गतेसम्म उनी प्रधानन्यायधीशको भूमिका थिए । उनी पछि रामकुमारप्रसाद शाह,कल्याण श्रेष्ठ,सुशीला कार्की,गोपाल पराजुली,ओमप्रकाश मिश्र प्रधानन्यायधीश बने र अहिले प्रधानन्यायधीशको भूमिका छन चोलेन्द्र शमशेर जवरा ।
रमाइलो चाहिँ उनकै नेतृत्वको न्यायपरिषदले अहिलेका प्रधानन्यायाधीस चोलेन्द्र समशेर जवरालाई कारबाहीबाट उन्मुक्ति दिएको थियो ।

Advertisement 1

१ चैतमा प्रधान न्यायाधीश खिलराज रेग्मी संविधानसभाको निर्वाचन गराउने सर्तमा अन्तरिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बन्नेपछि शर्मा प्रधान्यायाधीश वनेका थिए । २०७१ जेठसम्म कार्यकाल भएका रेग्मी अध्यक्ष बनेर सिंहदरवार छिरेपछि उनको विरासत स्वभाविक रुपमा बरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्मामा सरेको थियो ।
जम्मा ६ महिना प्रधानन्यायधीश बनेका उनै शर्मा अहिले भारतमा सन्यासी जीवन विताईरहेका छन्

May be an image of 1 person

Advertisement 2

उसो त केही अघि भारतका चर्चित उद्यमी केही अघि सन्यासी जीवन शुरुवात गरेका थिए । मासिक ६ करोड २५ लाख तलब त्यागेर सन्यासी जीवन शुरूवात गरेका भारतका चर्चित खर्बपति मुकेश अम्बानी अध्यक्ष रहेको रिलायन्स कम्पनीका उपाध्यक्ष प्रकाश शाहले केही अघि सन्यासी जीवन प्रारम्भ गरेका थिए ।

प्रकाशित :२०७८ असार ४, शुक्रबार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry